News Category 2074/04/32
बाढीबाट सप्तरीमा एक बालकसहित पाँचको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
गत बुधबारदेखी आइतबार पाँच दिनसम्म लगातार अविरल वर्षाका कारण सप्तरीमा पाँच जनाको मृत्यु भएको छ ।
सप्तरीमा बाढीबाट मृत्यु हुनेहरुमा राजविराज नगरपालिका १५ देउरी भरुवाका डोमी यादव, तिलाठी कोईलाडी गाउँपालिका वडा न. ६ कोईलाडीका ५ वर्षिय कमल सदा, शम्भुनाथ नगरपालिकाका सदा थरका ११ वर्षिय एक बालक, डाक्नेश्वरी नगरपालिका वडा ८ गम्हरीया प्रवाहा निवासी ६५ वर्षिय नथुनी राम र बेल्ही चपेना गाउँपालिका ४ का ३२ वर्षिय कमला मुखियाको मृत्यु भएको हो । माछा मार्ने क्रममा घर नजिककै गम्हरीया प्रवाहा निवासी नथुनी रामको घर नजिकैको खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै कमल सदाको बाढीको पानी लागेर उपचारको अभावमा मृत्यु भएको परिवारजनले बताएका छन् ।
मृतक सदाको अन्तिम संस्कार गर्ने ठाउँ नपाएपछि उनको काकाले कोशीको पानीमै बगाएको तस्बिर अहिले सामाजिक संजाल तथा अन्तराष्ट्रिय मिडियाहरुमा निकै चर्चा रहेको छ । यसैगरी बेल्ही चपेना गाउँपालिका वडा नम्वर ४ का ३२ वर्षिय कमला मुखियाको मुतनी नदीको बाढीले बगाएर मृत्यु भएको राष्ट्रिय जनता पार्टीले जनाएको छ । यस्तै आइतवारै साँझ खेतवाट फर्कदै गरेको अवस्थामा तरकैया खोलाले बगाएर वेपत्ता डाक्नेश्वरी नगरपालिका ८ का ५५ वर्षिय नथुनी राम वेपत्ता भएका थिए । उनको शव सोमवार विहान मृत अवस्थामा फेला परेका छन् । बाढीले बगाएको स्थानदेखि करिब ३ किलोमिटर टाढा खोला किनारमै उनको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि गत बिहीबार कखाँडो खोलाले भत्काउँदै गरेको तटबन्ध रोकथाम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर राजविराज नगरपालिका १५ देउरी भरुवा गाउँका ५५ वर्षिय डोमी यादव वेपत्ता भएका थिए । यादवको शव आईतबार राति कुनौली भन्सार नजिक मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ