News Category 2074/04/32
बाढीबाट सप्तरीमा एक बालकसहित पाँचको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
गत बुधबारदेखी आइतबार पाँच दिनसम्म लगातार अविरल वर्षाका कारण सप्तरीमा पाँच जनाको मृत्यु भएको छ ।
सप्तरीमा बाढीबाट मृत्यु हुनेहरुमा राजविराज नगरपालिका १५ देउरी भरुवाका डोमी यादव, तिलाठी कोईलाडी गाउँपालिका वडा न. ६ कोईलाडीका ५ वर्षिय कमल सदा, शम्भुनाथ नगरपालिकाका सदा थरका ११ वर्षिय एक बालक, डाक्नेश्वरी नगरपालिका वडा ८ गम्हरीया प्रवाहा निवासी ६५ वर्षिय नथुनी राम र बेल्ही चपेना गाउँपालिका ४ का ३२ वर्षिय कमला मुखियाको मृत्यु भएको हो । माछा मार्ने क्रममा घर नजिककै गम्हरीया प्रवाहा निवासी नथुनी रामको घर नजिकैको खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै कमल सदाको बाढीको पानी लागेर उपचारको अभावमा मृत्यु भएको परिवारजनले बताएका छन् ।
मृतक सदाको अन्तिम संस्कार गर्ने ठाउँ नपाएपछि उनको काकाले कोशीको पानीमै बगाएको तस्बिर अहिले सामाजिक संजाल तथा अन्तराष्ट्रिय मिडियाहरुमा निकै चर्चा रहेको छ । यसैगरी बेल्ही चपेना गाउँपालिका वडा नम्वर ४ का ३२ वर्षिय कमला मुखियाको मुतनी नदीको बाढीले बगाएर मृत्यु भएको राष्ट्रिय जनता पार्टीले जनाएको छ । यस्तै आइतवारै साँझ खेतवाट फर्कदै गरेको अवस्थामा तरकैया खोलाले बगाएर वेपत्ता डाक्नेश्वरी नगरपालिका ८ का ५५ वर्षिय नथुनी राम वेपत्ता भएका थिए । उनको शव सोमवार विहान मृत अवस्थामा फेला परेका छन् । बाढीले बगाएको स्थानदेखि करिब ३ किलोमिटर टाढा खोला किनारमै उनको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि गत बिहीबार कखाँडो खोलाले भत्काउँदै गरेको तटबन्ध रोकथाम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर राजविराज नगरपालिका १५ देउरी भरुवा गाउँका ५५ वर्षिय डोमी यादव वेपत्ता भएका थिए । यादवको शव आईतबार राति कुनौली भन्सार नजिक मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ