News Category 2074/05/01
प्रचण्डसहित दुई मन्त्रीद्वारा सप्तरीका बाढी प्रभावित क्षेत्रको निरीक्षण, सहयोगी भावनाले राष्ट्रिय एकता झन बलियो ः प्रचण्ड
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार हनुमाननगर कंकालिनी नगरपालिका ११ र राजविराज नगरपालिका १५ का बाढी पीडितहरुलाई राहत वितरण गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले राहत वितरणसँगै बाढीप्रभावित क्षेत्रहरुको निरीक्षण समेत गर्नुभयो । प्रचण्डसहित दुईमन्त्री समेतको उपस्थिति रहेको थियो ।
पूर्वप्रधानमन्त्री प्रचण्डसँगै गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलले बुधबार बाढीग्रस्त जिल्लाको दुई ठाउँको निरीक्षण गर्नुभएको हो ।
हेलिकप्टरबाट सप्तरी आएका उनीहरुले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका १५ देउरी भरुवास्थित बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभयो ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्धार र पुर्नःस्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा पार्टीले पनि सहयोग गर्ने बताउनुभयो ।
उहाँले बाढीले ठूलो क्षति गरेको आफ्नै आँखाले देखेको बताउँदै राहतमा कुनै कमी हुन नदिने बताउँदै तराई मधेस, हिमाल, पहाड जहाँका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले पहाडमा भुकम्प आएको बेलामा जसरी तराईवासीले सहयोगको हात बढाए त्यसरी नै अहिले तराईमा आएको विपत्तिको समयमा पहाडका जनताहरुले पनि सहयोग गर्न तयार रहेको जनाउँदै यस्ता सहयोगी भावनाले राष्ट्रिय एकता झन बलियो हुँदै जाने जिकिर गर्नुभयो । बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसँग उहाँले भेट समेत गर्नुभयो ।
यस्तै बाढीको निरीक्षण गर्न आउनुभएका गृहमन्त्री जनार्दन शर्माले सरकारसँग राहत सामग्रीको कुनै समस्या नभएको भन्दै बाढी पीडितलाई राहतमा कुनै समस्या आउन नदिने दाबी समेत गर्नुभयो ।
उहाँले सरकारका सबै संयन्त्रले बाढी पीडित क्षेत्रमा काम गरिरहेको भन्दै उनीहरुलाई कुनै पनि रोग लाग्न नदिन स्वास्थ्यकर्मीहरु समेत व्यापक परिचालन भएको जानकारी दिनुभयो ।
यसैगरि निरीक्षण टोलीमा आउनुभएका आपूर्ती मन्त्री शिवकुमार मण्डलले बाढी पीडितका लागि चामलसहितका सामग्रीको कुनै कमी नभएको बताउनुभयो । चामलसहितका तत्कालै पठाउनुपर्ने सामग्रीहरु पठाइसकिएको बताउँदै उहाँले समयमा वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकिएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ