News Category 2074/05/01
उपराष्ट्रपति पुत्रद्वारा मृतक बालकका परिवारजनलाई सहयोग, तरुण दलबाट समेत आर्थिक सहयोग प्रदान
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
बाढीका कारणले उपचार नपाएका तथा सदगत गर्ने स्थान नपाएर कोशीमा बिसर्जन गरिएका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका बालक कमलु सदाका परिवारलाई आर्थिक सहयोग तथा राहतका सामाग्रीहरु दिने क्रम जारी रहेको छ ।
उपराष्ट्रपति पुत्र दिपेश पुन मृतक बालकका परिवारजनलाई बुधबार आफै भेटेर रु. २० हजार नगद र दाल, चामल, नुन, तेल लगायत खाद्यान्न राहत स्वरुप सहयोग गर्नुभएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेशले बाढी पहिरो पीडितलाई त्रिपाल, भाँडाकुँडा, चामल, चाउचाउ लगायतका सामान पनि सहयोग गर्नुभएको छ ।
यस्तै मृतक बालकका परिवारलाई नेपाल तरुण दलले बाढीमा मृत्यु कमला सदाका परिवारलाई किरिया खर्च वापत २५ हजार रुपैया प्रदान गरिएको छ ।
तरुण दल केन्द्रीय सभापति जितजङ्ग बस्नेतले पठाएको सो रकम एक कार्यक्रम विच तरुण दलका जिल्ला सभापति अर्जुन कुमार यादवले मृतका बुवा फुदन सदा र आमा विमली सदालाई प्रदान गरिएको हो ।
बाढीका कारण बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएको भन्दै उनको परिवारले कोशी नदीमा शव बगाइदिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ