News Category 2074/05/05
सप्तरीमा थप १३ हजार ५ सय ६५ जनाको मतदाता नामावलीमा नाम दर्ता
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
सप्तरी जिल्लामा थप १३ हजार ५ सय ६५ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।
यी थप भएका मतदाताहरु अब हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि योग्य हुने निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । यद्दपी नाम दर्ता गराएका मतदाताहरुको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको समयमा १८ वर्ष पुगेको हुनु पर्ने प्रावधान रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार २०७४ साल साउन १ गतेदेखी भदौं ३ गतेसम्ममा ७ हजार ९ सय ८८ पुरुष र ५ हजार ५ सय ७७ महिलाले नाम दर्ता गराएको जानकारी दिएको छ ।
निर्वाचन आयोगले सुरुमा साउन १ देखी १५ गतेसम्म जिल्लास्थित निर्वाचन कार्यालयमा मात्र नाम दर्ता गराउने समय दिएकोले सो वधीमा २ हजार ९ सय ३१ जनाले निर्वाचन कार्यालमा नाम दर्ता गराएका थिए । तर, पछि निर्वाचन आयोगले सम्पूर्ण स्थानिय तहको कार्यालयबाट पनि नाम दर्ता गराउन थप समय दिएपछि उक्त संख्यामा नाम दर्ता भएको निर्वाचन कार्यालय सप्तरीका निमित्त कार्यालय अधिकारी ओम नारायण झाले जानकारी दिनुभयो ।
जिल्लाको ९ नगरपालिका मध्ये खड्क नगरपालिकामा ९ सय २८, सुरुङ्गा नगरपालिकामा १ हजार ५६, कंकालिनी हनुमाननगर नगरपालिकामा ७ सय, सप्तकोशी नगरपालिकामा १ हजार १ सय ४४, कंचनरुप नगरपालिकामा १ हजार ७०, राजविराज नगरपालिकामा १ हजार ६ सय २०, शम्भुनाथ नगरपालिकामा १ हजार २ सय ३२, बोदेबरसाइन नगरपालिकामा ५ सय ८४ र डाक्नेश्वरी नगरपालिकामा ४ सय २१ जनाले नाम दर्ता गराएका छन् ।
यस्तै ८ गाउँपालिका मध्ये रुपनी गाउँपालिकामा २ सय ९८, छिन्नमस्ता गाउँपालिकामा २ सय ६६, कृष्णासवरण गाउँपालिकामा ४ सय ६२, तिरहुत गाउँपालिकामा १ सय ८७, महदेवा गाउँपालिकामा २ सय, विष्णुपुर गाउँपालिकामा २ सय ३८, बेल्हीचपेना गाउँपालिकामा ७८ र तिलाठी कोइलाडी गाउँपालिकामा १ सय ५० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको निमित्त अधिकारी झाले जानकारी दिनुभयो ।
यसअघि स्थानिय तहको निर्वाचनका लागि २०७३ साल फागुन ९ गतेसम्ममा सप्तरीमा १ लाख ७० हजार ७ सय ५५ पुरुष, १ लाख ६० हजार ६ सय ८६ महिला र २१ जना तेश्रो लिङ्गी गरि ३ लाख ३१ हजार ४ सय ६२ जना मतदाता कायम रहेको निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ