News Category 2074/05/05
गाँस, बाँस र कपासको व्यवस्था मिलाउन महतोद्वारा सरकारसँग आग्रह
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बाढीबाट सप्तरीसहित तराई मधेशका जिल्लाहरु पुर्ण रुपमा प्रभावित बनेकोले सरकारले गाँस र बाँसको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
लगातारको बर्षापछि आएको बाढीबाट डुबानमा परेका स्थानहरुको निरीक्षणका क्रममा आईतबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १५ स्थित रम्पुरा मल्हनिया डलवाको उहाँले निरीक्षण गर्नुभयो ।
सो क्रममा महतोले पहाडमा भुकम्प जाँदा सरकारले तुरुन्त गाँस, बाँस र कपासको व्यवस्था गर्ने तर, तराई मधेशका जिल्लाहरुमा बाढी आउँदा सरकारले ठोस राहत तथा बाढी प्रभावितहरुको बाँस तथा पुर्ननिर्माणको व्यवस्था मिलाउन नसकेकोमा आक्रोश ब्यक्त गनुभयो । उहाँले तराई मधेशका अधिकांश जिल्ला डुबानमा परेकाले बाढीपीडित परिवारहरुका लागि ठोस राहतका साथै पुर्ननिमार्णको कार्य अविलम्व संचालनमा ल्याउनुपर्ने बताउनुभयो ।
बाढीका कारणले पीडित परिवारहरु विगत एक सात्रादेखि च्युरा, भुजा, चाउचाउ मात्र खाएर बस्दै आएकोमा उहाँले दुःख ब्यक्त समेत गर्नुभयो । महतोले राज्यले ठोस राहतका प्याकेजहरु ल्याउनुपर्नेमा जोड दिनुहुँदै त्यसका लागि आवश्यक पहल समेत भईरहेको बताउनुभयो ।
साथै उहाँले बाढी पीडित क्षेत्रमा अविलम्व स्वास्थ्य शिबिर, पशु चौपायाहरु समेत बिरामी पर्ने भएकाले पशु स्वास्थ्य शिबिर तथा सर्वसाधारणहरुको लागि पानी शुद्धिकरण गर्ने लगायत सर्पबाट जोगिने विषयमा थप कदम चाल्नु पर्ने माग गर्नुभयो ।
अध्यक्ष महतोले जिल्लाको विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै खाँडो खोलाको समेत निरीक्षण पनि गर्नुभयो । सो क्रममा राजपा नेपालका केन्द्रिय नेताहरु नवलकिशोर साह, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, सुनिल कुमार झा, लक्ष्मण यादव, बिनोद यादव, विद्यार्थी मंचका किशोर कुमार यादव केसी सहितकाहरुे उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ