News Category 2074/05/05
गाँस, बाँस र कपासको व्यवस्था मिलाउन महतोद्वारा सरकारसँग आग्रह
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बाढीबाट सप्तरीसहित तराई मधेशका जिल्लाहरु पुर्ण रुपमा प्रभावित बनेकोले सरकारले गाँस र बाँसको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
लगातारको बर्षापछि आएको बाढीबाट डुबानमा परेका स्थानहरुको निरीक्षणका क्रममा आईतबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १५ स्थित रम्पुरा मल्हनिया डलवाको उहाँले निरीक्षण गर्नुभयो ।
सो क्रममा महतोले पहाडमा भुकम्प जाँदा सरकारले तुरुन्त गाँस, बाँस र कपासको व्यवस्था गर्ने तर, तराई मधेशका जिल्लाहरुमा बाढी आउँदा सरकारले ठोस राहत तथा बाढी प्रभावितहरुको बाँस तथा पुर्ननिर्माणको व्यवस्था मिलाउन नसकेकोमा आक्रोश ब्यक्त गनुभयो । उहाँले तराई मधेशका अधिकांश जिल्ला डुबानमा परेकाले बाढीपीडित परिवारहरुका लागि ठोस राहतका साथै पुर्ननिमार्णको कार्य अविलम्व संचालनमा ल्याउनुपर्ने बताउनुभयो ।
बाढीका कारणले पीडित परिवारहरु विगत एक सात्रादेखि च्युरा, भुजा, चाउचाउ मात्र खाएर बस्दै आएकोमा उहाँले दुःख ब्यक्त समेत गर्नुभयो । महतोले राज्यले ठोस राहतका प्याकेजहरु ल्याउनुपर्नेमा जोड दिनुहुँदै त्यसका लागि आवश्यक पहल समेत भईरहेको बताउनुभयो ।
साथै उहाँले बाढी पीडित क्षेत्रमा अविलम्व स्वास्थ्य शिबिर, पशु चौपायाहरु समेत बिरामी पर्ने भएकाले पशु स्वास्थ्य शिबिर तथा सर्वसाधारणहरुको लागि पानी शुद्धिकरण गर्ने लगायत सर्पबाट जोगिने विषयमा थप कदम चाल्नु पर्ने माग गर्नुभयो ।
अध्यक्ष महतोले जिल्लाको विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै खाँडो खोलाको समेत निरीक्षण पनि गर्नुभयो । सो क्रममा राजपा नेपालका केन्द्रिय नेताहरु नवलकिशोर साह, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, सुनिल कुमार झा, लक्ष्मण यादव, बिनोद यादव, विद्यार्थी मंचका किशोर कुमार यादव केसी सहितकाहरुे उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ