News Category 2074/05/06
बाढीपीडितका लागि निशुल्क स्वास्थ्य शिविर संचालन
दैनिक समाचारदाता
राजविराज, ५ भदौंै ।
बाढी प्रभावित क्षेत्र सप्तरीको रम्पुरा मल्हनिया र मैनाकडेरीमा चितवन मेडिकल कलेजका विद्यार्थीहरुले तिन दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
मेडिकल कलेजका १८ जना चिकित्सकहरुको एक टोलीले लगातार तिन दिनसम्म बाढी प्रभावित क्षेत्रका बाढीपीडित परिवारहरुलाई निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।
सो शिबिरमा साबिक रम्पुरा मल्हनिया हाल हनुमाननगर कंकालिनी नगरपािलका वडा न. १५ का ३५० जना तथा मैनाकडेरीका २५० जना बिरामीहरुलाई निशुल्क चेकजाँच तथा औषधि समेत वितरण गरेको चिकित्सका टोलीका प्रकाश मण्डलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो स्वास्थ्य शिबरमा खासगरी सबैभन्दा बढी महिलाहरुमा कमजोरी, बिपि कम भएको, हार्ड जोर्नी दुख्ने, रिङ्गटा लाग्ने लगायतका समस्याहरु देखिएको छ भने पुरुषहरुमा फङ्गल संक्रमण, झाडापखाला, रुघा खोकी र स्वांस प्रशवासका रोगका लक्षणहरु देखापरेको बताउनुभयो ।
त्यस्तै रम्पुरा मल्हनिया र मैनाकडेरीका ६०÷६० जना बाढीपीडित परिवारलाई राहत स्वरुप त्रिपाल, म्याट, गम्छा, टर्च लाईट, लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरेको नसिम अख्तरले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल लौकतान्त्रीक बिद्यार्थी फोरमको केन्द्रीय कार्यालयको सहयोगमा सप्तरीको राजदेबी स्कूलको प्रागनमा बाढीपीडितहरुको लागी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सो स्वास्थ्य शिविरमा सो भेगका राजविराज नगरपालिका डुमरी, शिवथान, झल्ही, फर्सैठ, पडरीया, पकरी, बिरोल लगायतमा संचालन भएको हो ।
बिधार्थी फोरम सप्तरीका अध्यक्ष सत्येन्द्र नारायण यादबको अध्यक्षतामा र प्रमुख अतिथि नेपाल लौकतान्त्रीक बिधार्थी फोरमको केन्द्रीय अध्यक्ष एवं पार्टीको केन्द्रीय सदस्य कपलेश्वर यादब, सप्तरीको कोषाध्यक्ष बिन्दु यादब, लौकतान्त्रिक बिधार्थी फोरमको केन्द्रीय उपाध्यक्ष सुगेन्द्र मंडललगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ