News Category 2074/05/07
नेपाल प्रहरीद्वारा बाढीपीडितलाई निशुल्क स्वास्थ्य शिविर एवं सामुहिक भोजन
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
नेपाल प्रहरीले राजबिराज नगरपालिका १ मा एक दिने स्वास्थ शिबिर तथा सामुहिक भोजन कार्यक्रम सम्पन्न गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे तथा सगरमाथा अंचल प्रहरी कार्यलयका बरिष्ठ प्रहरी उपरिक्षक बलराम शर्मा पौडेलले राजबिराज नगरपालिका वडा नं १ रामटोलका वाढी पीडितलाई खाना पस्केर सामुहिक भोजको सूरुवात गर्नु भएको हो ।
बाढीका कारण क्षती भएको र खाद्यान्न समेत नष्ट भएपछि उनीहरुलाई एक दिनको राहत स्वरुप सामुहिक भोजनको आयोजना गरिएको प्रहरी उपरिक्षक मुकेश कुमार सिहले जानकारी दिनुभयो ।
उतm सामुहिक भोजनको ब्यवस्थापनमा रेडक्रसका जिल्ला अध्यक्ष जोगेन्द्र भगत र घनश्याम अचार्यले आर्थिक सहयोग गर्नुभएको थियो ।
नेपाल प्रहरी अस्पताल काठमाण्डौ र जिल्ला प्रहरी कार्यलय सप्तरीको आयोजना राजबिराज नगरपालीका वडा नम्वर १ का ५ सय परिवारलाई सामुहिक भोजन गराएको छ भने ४ सय ५५ जनालाई स्वास्थ परिक्षण गरी औषधी बितरण गरिएको उपरिक्षक सिँहले जानकारी दिनुभयो ।
नेपाल प्रहरीका डा. आशिष दत्त, डा.शिरिष रेग्मी, डा.रोशन निरौला सहित ७ जनाको टोलीले स्वास्थ परिक्षण गर्नुभएको थियो ।
यसअघि सशस्त्र प्रहरी वल केन्द्रिय कार्यालयको सहयोगमा सीमा सुरक्षा कार्यालय सप्तरीको आयोजनामा सोमवार राजविराज नगरपाकिा वडा नं. ९ को मलेठमा निशुल्क स्वास्थ्य शिविर तथा सामुहिक भोजन कार्यक्रम सम्पन्न भएको छ ।
शिविरमा मलेठ, वसविट्टि, मुसहर्नीया, पौवाहा, पिप्राही, थलही लगायतका करिव ९ सयजनाले स्वास्थ्य जाँच गराएको अयोजकले जानकारी दिएको छ । डा. मिना कुँवर, डा. सुदिप क्षेत्री, रिना यादव, अनिल श्रेष्ठलगायतका स्वास्थ्यकर्मीहरुले विरामीहरुको चेकजाँच गरेको सशस्त्र प्रहरीका एसपी रामाधार यादवले जानकारी दिनुभयो ।
उक्त शिवीरमा नेपाल मारवारी सेवा समिति र मारवारी सेवा समिति सप्तरीले निशुल्क औषधी उपलब्ध गराएका थिए । एसपी यादवका अनुसार मलेठ करिव ५ सय वाढि पीडितलाई सामुहिक भोजन समेत गराईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ