News Category 2074/05/07
भलुवाहीको डिललाई मर्मत गर्न जुट्यो युवा संघ
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
सप्तरीमा बाढीबाट क्षति भएको खाँडो खोलाको भलुवाही डिललाई मर्मत कार्य युवा संघ नेपालले मंगलबार सुरु गरेको छ ।
राजविराज ४ स्थित भलुवाही खोलाको पुलनजिक बाढीले बनाएको खाल्डो पुर्ने काममा युवा संघ, नेपालका अध्यक्ष राजिव पहारीको नेतृत्वमा ४० जनाको टोलीले काम सुरु गरेको नेकपा (एमाले) का उपसचिव प्रतापनारायण चौधरीले जानकारी दिनुभयो ।
राहत सामाग्री वितरणपछि युवा संघको टोली बालुवा, बोरासहित बेल्चा, कोदालो लिएर कटान स्थल पुगेपछि स्थानीयवासी समेत मर्मत कार्यमा जुटेका हुन् ।
त्यस्तै, सो टोलीले सिरहा रोडको मुतनी नदीले क्षति पु¥याएको विभिन्न स्थानमा समेत मर्मत कार्यमा जुटने उपाध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो ।
साउन २६ गतेदेखि खाँडो, महुली, जीता, मुतनीलगायतका खोलामा आएको बाढीले सदरमुकाम राजविराजसहित दर्जनौ गाउँ डुबानमा परेपछि राजविराज २ र वडा नम्बर ४ जोडने भलुवाही खोलाको पुलमा पु¥याएको क्षतिले आवतजावत अवरुद्ध भएको छ ।
यस्तै युवा संघले बाढीले निधन भएका चार जनाको परिवारलाई राहतस्वरुप नगद ११ हजार र लत्ताकपडा, खाधान्न सामाग्री प्रदान गरेको छ । यता अध्यक्ष पहारीले राहत नपुगेको प्रभावित स्थानमा चामल, दाल, कपडा, जस्तापाता र औषधी वितरणलाई निरन्तरता दिने बताउनुभयो ।
टोलीमा अध्यक्ष पहारी उपाध्यक्षद्वय रमेश पौडेल र चन्द्र लामा, सचिवद्वय मन्जु यादव र राजेश साह, सचिवालय सदस्यहरु प्रभात कटुवाल, निरेशलाल सिंह, केन्द्रीय सदस्य सीता सुवेदीलगायत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ