News Category 2074/05/08
उद्योग बाणिज्य संघ सप्तरीद्वारा निशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
नेपाल उद्योग वाणिज्य महांसघ काठमाडौंले बुधबार सप्तरीका बाढीपीडितहरुलाई विभिन्न राहतका सामाग्रिका साथै स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरेको छ ।
उद्योग बाणिजय संघ सप्तरीको सहकार्यमा राजविराज नगरपालिका वडा नं. ९ हाल राजविराज २ का बाढीपीडित ५१ जना परिवारलाई संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका दैवी प्रकोप उद्धार समितिका फोकल पर्सन जनक कोइरालाको उपस्थितीमा प्रति परिवार १० केजी वासमती प्रिमियम चामल, मसुरो दाल ३ केजी, त्रिपाल १ थान, पानी एक कार्टुन र कपडा वितरण गरिएको जनाइएको छ ।
यस्तै वाढीपीडितका लागि बुधबार जिल्लाको कोचाबखारीको लोखरममा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गरिएको छ । जसमा सयौं विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । सो शिवर दुई दिन सम्म चल्ने संघका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
यसअघि भदौं ६ गते साविक गाविस वकधुवा हाल कृष्णासवरण को नयाँ वस्तीमा दुई सय बाढीपीडितहरुको स्थास्थ्य उपचार गरी औषधीहरु वितरण गरिएको थियो भने भदौं ५ गतेका गाविस फर्सैठ हाल राजविराज ११ मा स्वास्थ्य शिविरमार्फत ३ सय ५० जनालाई औषधी वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसअघि सप्तरी उद्योग वाणिज्य संघको सहयोगमै भदौं ४ गते छिन्नमस्ता गाविसमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । जसमा व्लुक्रोस हस्पीटल, काठमाण्डौका विशेषज्ञ डा. स्मिता राई र हेल्थ अस्सिटेन्ट पोखरी ढकालको नेतृत्वमा आएका ७ जना नर्सहरुको सहयोगमा २ सय ५० जना बाढीपीडितहरुको स्वास्थ्य उपचार गर्नुका साथै विभिन्न प्रकारका औषधीहरु वितरण गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ