News Category 2074/05/08
उद्योग बाणिज्य संघ सप्तरीद्वारा निशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
नेपाल उद्योग वाणिज्य महांसघ काठमाडौंले बुधबार सप्तरीका बाढीपीडितहरुलाई विभिन्न राहतका सामाग्रिका साथै स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी वितरण गरेको छ ।
उद्योग बाणिजय संघ सप्तरीको सहकार्यमा राजविराज नगरपालिका वडा नं. ९ हाल राजविराज २ का बाढीपीडित ५१ जना परिवारलाई संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका दैवी प्रकोप उद्धार समितिका फोकल पर्सन जनक कोइरालाको उपस्थितीमा प्रति परिवार १० केजी वासमती प्रिमियम चामल, मसुरो दाल ३ केजी, त्रिपाल १ थान, पानी एक कार्टुन र कपडा वितरण गरिएको जनाइएको छ ।
यस्तै वाढीपीडितका लागि बुधबार जिल्लाको कोचाबखारीको लोखरममा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गरिएको छ । जसमा सयौं विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । सो शिवर दुई दिन सम्म चल्ने संघका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
यसअघि भदौं ६ गते साविक गाविस वकधुवा हाल कृष्णासवरण को नयाँ वस्तीमा दुई सय बाढीपीडितहरुको स्थास्थ्य उपचार गरी औषधीहरु वितरण गरिएको थियो भने भदौं ५ गतेका गाविस फर्सैठ हाल राजविराज ११ मा स्वास्थ्य शिविरमार्फत ३ सय ५० जनालाई औषधी वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसअघि सप्तरी उद्योग वाणिज्य संघको सहयोगमै भदौं ४ गते छिन्नमस्ता गाविसमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । जसमा व्लुक्रोस हस्पीटल, काठमाण्डौका विशेषज्ञ डा. स्मिता राई र हेल्थ अस्सिटेन्ट पोखरी ढकालको नेतृत्वमा आएका ७ जना नर्सहरुको सहयोगमा २ सय ५० जना बाढीपीडितहरुको स्वास्थ्य उपचार गर्नुका साथै विभिन्न प्रकारका औषधीहरु वितरण गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ