News Category 2074/05/09
अपाङता भएका व्यक्तिहरुलाई सुत्ने र खाने सामाग्रिसहितको राहत वितरण
दैनिक समाचारदाता राजविराज, ८ भदौ । साउन महिनाको २८ र २९ गते आएको भिषण बाढीका कारण लाखौं व्यक्ति प्रभावित भएका छन् भने हजारौं घरबार विहीन तथा झण्डै डेढ सय व्यक्तिको ज्यान समेत गएको छ । सोही बाढीका कारण सप्तरीमा समेत चार जनाको मृत्यु हुनुका साथै हजारौं व्यक्ति घरवारबिहीन भएका छन् । प्राकृतिक प्रकोपबाट भएको क्षतिलाई केही हदसम्म कम गर्न विभिन्न संघसंस्थाहरुले अहिले सप्तरी लगायत बाढी प्रभावित जिल्लाहरुमा राहत वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । यसै सन्दर्भमा सप्तरीमा राहत वितरण गर्ने क्रममा बिहीबार धुर्मुस सुन्तली फाउण्डेशनले जिल्लाका बाढी प्रभावित क्षेत्रका ६० जना अपाङ्गता भएका व्यक्तिहरुका लागि खान र सुत्ने सामाग्रिहरुको प्याकेजै बनाएर राहत वितरण गरेको छ । समावेशी अपाङ्ग संघ सप्तरीको आयोजना तथा धुर्मुस सुन्तली फाउण्डेशनको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको समावेशी अपाङ्ग संघका अध्यक्ष सतिश चन्द झाले जानकारी दिनुभयो । वितरण गरिएको राहतमा प्रति व्यक्ति सिरक, डस्ना, तन्ना, झुल, त्रिपाल, ब्लायङकेट, चामल ३० किलो, दाल दुई किलो, खानेतेल २ लि., मसाला, एक कार्टुन चाउचाउ, बिस्कुट, दात माझ्ने ब्रस र पेस्ट लगायत छन् । यस्तै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्ेलले विभिन्न जिल्लाका बाढीपीडितहरुलाई राहत वितरण गर्दै आइरहेको भन्दै सप्तरी जिल्लामा भने फरक व्यक्ति अपाङ्गता भएकाहरुलाई सो राहत वितरण गर्न आफू उत्प्रेरित भएकोले सो राहत वितरण गरेको बताउनुभयो । ती राहत जिल्लाको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, को. बसाईन, मलेठ, कनकटा, मानराजा, बनरझुला लगायतका स्थानका अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको अध्यक्ष झाले बताउनुभयो । राहत वितरण गरिएका ६० जना मध्ये ६ जना दृष्टिबिहीन, ६ जना बहिरा, ८ जना बौदिक अपाङ अर्थात सुस्त मनोस्थितीका व्यक्ति र ४० जना शारिरीक अपाङ रहेको अध्यक्ष झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ