News Category 2074/05/12
चुनावको मुखमा पार्टी प्रवेश गर्नेहरुको ओइरो
दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
प्रदेश नं. २ मा हुन लागेको स्थानिय तहको निर्वाचनको मुखमा सप्तरीमा पुराना पार्टी परित्याग गरि नयाँ पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको छ ।
श्रोतका अनुसार पुराना पार्टीबाट निर्वाचनका लागि टिकट नपाउने निश्चित भएपछि पार्टी परित्याग गरि टिकट दिने सुनिश्चितता भएको पार्टीमा प्रवेश गर्नेहरुको अहिले ओइरो लागेको हो ।
आउँदो असोज २ गते २ नं. प्रदेशमा तेश्रो चरण अन्तरगत स्थानिय तहको निर्वाचन हुँदैछ । सो निर्वाचन आउन करिब तीन साता बाँकी रहँदा र राजनैतिक दलहरुले धमाधम टिकट बाड्ने काम गरिरहेकोले असन्तुष्ट भएकाहरु धमाधम पार्टी परित्याग गर्दै टिकट दिने अनुकुल पार्टीमा प्रवेश गर्दैछन् । यता पार्टीमा प्रवेश गर्नेहरु मध्ये केही समाजसेवी त कोही शैक्षिक क्षेत्रमा लागेका व्यक्तिहरु समेत छन् ।
नजिकिदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी अहिले धमाधाम विभिन्न पार्टीहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिँदै आ–आफनो उम्मेदवार छनौट गरिरहेका छन् ।
यसैबीच सप्तरीकै बेल्ही चपेना गाउँपालिकामा एक समारोह विच नेपाली काग्रेसका जिल्ला कमिटी सदस्य ओम प्रकाश मण्डल, हेम नारायण साह, दयाराम यादव, परशुराम यादव, सुमन मंडल, शिश नारायण मण्डल, संघिय समाजवादी फोरम नेपालका रामचलित्तर यादव, वौकु मुखिया लगायत नेकपा एमालेमा प्रवेश गरेका छन् ।
यसअघि शनिबार मात्र एनप्याव्सन सप्तरीका अध्यक्ष बौकु साह, केषाध्यक्ष नरेन्द्र प्रसाद देव लगायत करिब एक दर्जन व्यक्तिहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।
यस्तै रेडक्रस सोसाईटी सप्तरीका सभापति जोगेन्द्र भगत, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सेवानिवृत लेखापाल शिबनन्दन यादव सहितकाहरु राजपा नेपालमा प्रवेश गरेका छन् ।
यस्तै जिल्लाको अग्नीसाईर कृष्णा सवरण गाउपालिका वडा नम्बर ५ बकधुवाका सचिब सहित बिभिन्न पार्टी परित्याग गरी दुई दर्जन नेता कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन । फोरममा एमाले, कांग्रेस, माओबादी केन्द्रि परित्याग गरी प्रबेश गरेका हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ