News Category 2074/05/12
पशु स्वास्थ्य शिविरमा ३ हजार ४ सय ५४ पशु चौपायाको उपचार
दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
जिल्ला पशु सेवा कार्यालय सप्तरीले जिल्लाको विभिन्न बाढीपीडित क्षेत्रहरुमा पशु स्वास्थ्य शिबिर संचालन गरेको छ ।
नेपाल पारा भेटरिनरी एण्ड लाईभस्टक एशोसिएशन जिल्ला कार्य समिति सप्तरी र पशुपंक्षी औषधि व्यवसायी संघ राजविराजको सहयोग तथा जिल्ला पशु सेवा कार्यालय सप्तरीको आयोजनामा बाढी प्रभावित क्षेत्रहरुमा पशु स्वास्थय शिविर संचालन गरिएको हो ।
सो शिविरमा हालसम्म विभिन्न स्थानका ५ सय १३ कृषकका ३ हजार ४ सय ५४ पशु चौपायाहरुलाई चेकजाँच तथा ६ लाख ५० हजारको औषधि समेत वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. अशोक कुमार सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी प्रभावित क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १४ को रम्पुरा मल्हनियामा संचालित निःशुल्क पशु स्वास्थय शिबिरमा १ सय ६५ कृषकका ८ सय २२ पशु चौपायाहरुलाई सेवा दिएको तथा १ लाख ५० हजारको औषधि वितरण गरिएको छ ।
त्यस्तै हनुमाननगरमा संचालित पाँच दिने पशु स्वास्थ्य शिबिरमा १ सय ५८ कृषकका १ हजार ३ सय २८ पशु चौपायाहरुलाई चेकजाँच तथा २ लाखको औषधि वितरण गरिएको छ । त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १४ को डलवा टोलमा १ दिने पशु स्वास्थ्य शिबिरमा १ सय ५० कृषकका १ हजार ३ सय ४ पशु चौपायाहरुलाई चेकजाँच तथा ३ लाखको औषधि वितरण गरेको जनाईएको छ ।
त्यस्तै तिलाठी कोईलाडी गाउँपालिकाको कोईलाडी हाट तथा निमावि स्कुलमा समेत करिब ५ सय भन्दा बढी पशु चौपायाहरुलाई सो स्वास्थ्य शिविरमा चेकजाँच तथा औषधि वितरण गरेको प्रमुख डा. सिंहले जानकारी दिनुभयो ।
सोा पशु स्वास्थ्य शिविरमा पशु कार्यालयका कार्यालय डा. सिंहसहित विश्वनाथ साह, परमेश्वर यादव सहितको १४ जनाको चिकित्सक टोली खटिएका छन् । उक्त पशु स्वास्थ्य शिविरमा बाढी प्रभावित क्षेत्रका कृषकहरु उत्साहपूर्वक शिविरमा सेवा लिइरहको स्थानीयहरुले बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ