News Category 2074/05/12
विद्यालयमा गरिएको तालाबन्दीप्रति विभिन्न शिक्षक संघ संगठनद्वारा भत्सर्ना
दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
सप्तरीको द्धारिका श्रीलाल सतनि यादव मावि बथनाहामा भएको अनिश्चितकालिन तालाबन्दीप्रति शिक्षा क्षेत्रसँग आवद्ध विभिन्न संघ संगठनहरुले भत्सर्ना गरेका छन ।
सो विद्यालयको समस्या समाधान गर्न तथा विद्यालयका शिक्षक धर्मदेव यादवलाई पुनः सोही विद्यालयमा स्थापित गर्न विज्ञप्ती मार्फत माँग गरिएको छ ।
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्र प्रसाद साह, नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादव, नेपाल शिक्षक मंचका अध्यक्ष सुकदेव यादव, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्षा देवु प्रसाद यादव, एकिकृत अखिल शिक्षक संगठनका अध्यक्ष रामेन्द्रनाथ यादव, मधेशी शिक्षक फोरम नेपालका अध्यक्ष श्याम प्रसाद यादव, अखिल नेनपाल शिक्षक संगठनका अध्यक्ष किशोर साह, लोकतान्त्रिक शिक्षक युनियनका अध्यक्ष विजय कुमार रायले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी सो माँग गरेका हुन ।
जारी विज्ञप्तीमा विद्यालयमा धर्मदेव यादव अंग्रेजी विषयमा २०६८ सालदेखि २०७४ साउन महिना सम्म कार्यरत रहेको तथा उक्त विद्यालयले उच्च मावितर्फ प्राप्त गरेको दरबन्दीमा २०७४ साउन २८ गते लिएको परीक्षा अन्तरगत कार्यरत शिक्षक यादवलाई विस्थापित गराएकोप्रति विभिन्न शिक्षक संघ संगठनहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ