News Category 2074/05/13
बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी गर्भवती महिला सर्पको टोकाइबाट गम्भिर
दैनिक समाचारदाता
राजविराज, १२ भदौं ।
साउन २८ गतेको आएको बाढीबाट प्रभावित गाबिसहरुमा विषालु सर्पको बिगबिगी बढेको छ ।
बाढीपछि जिल्लाको लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, हनुमाननगर, इनर्वा लगायतका दर्जनौ गाबिसहरुमा विषालु सर्पको निकै बृद्धि भएको हो ।
त्यस्तै बाढी प्रभाबित क्षेत्रमा अहिले झाडापखाला, निमोनिया, टाईफाईड, रुघाखोकीका साथै सर्प टोक्ने बिरामीहरुको समेत बृद्धि भएपछि सो क्षेत्रका स्थानीयबासीहरु त्रसित बनेका छन ।
पछिल्लो पटक सर्पको टोकाईटबाट जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका गर्भवति महिला लुदिया देवी सदालाई विषालु सर्पले टोक्दा उनी गम्भिर घाईते भएको पीडितका परिवारजनले बताएका छन ।
सर्पको टोकाईबाट सख्त घाईते उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पातलमा उपचार भईरहेको छ ।
त्यस्तै तिलाठी ६ का कालेश्वर झालाई पनि विषालु सर्पले टोक्दा उहाँ सख्त घाईते भएको परिवारजनले बताएका छन । त्यसअघि बिषालु सर्पको टोकाईबाट सप्तरीका बाढीपीडित सकरपुराका एक किशोरीको मृत्यु समेत भईसकेका छ भने सर्पकै टोकाईबाट अहिलेसम्म झण्डै तीन दर्जन भन्दा बढी ब्यक्तिहरु घाईते भईसकेको प्रहरीले जनाएको छ ।
खासगरी बाढी पश्चात सो क्षेत्रमा विषालु सर्पको बिगबिगी बडेपछि अहिले सो क्षेत्रका सर्वसाधारणहरु क्रसित भई सर्पको टोकाईबाट जोगिन रात्ति जाग्राम बस्नुका साथै रातिको समयमा घर बाहिर समेत निस्किन छोडिसकेको बाढीपीडितहरुको कथन छ ।
यता पछिल्लो पटक विषालु सर्पको टोकाईबाट दिनहुँ गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा दर्जनौं बिरामीहरु भर्ना हुने गरेको अस्पताल श्रोतले जनाएको छ । पछिल्लो डेढ सातादेखि सबैभन्दा बढी सर्प टोकेका बिरामीहरु आएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ