News Category 2074/05/14
सप्तरीमा फोरम नेपालले उम्मेदवार टुंगो लगायो
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशका जिल्लाहरुका उम्मेदबारको सूची तयार गरेको छ ।
स्थानीय तहको तेस्रो चरण अन्तर्गत हुन गइरहेको निर्वाचनका लागि फोरम नेपालले नगरपालिका तथा गाउँपालिका उम्मेदबारहरु चयन गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङ्वाले केही स्थान बाहेक बाकी तहमा उम्मेदबार चयन सम्पन्न भएको जानकारी दिनुभयो । सर्लाही र महोत्तरीका उम्मेदबार चाडैनै टुंगो लगाउने उहाँले बताउनुभयो ।
पर्सा, बारा, रौतहट, धनुषा, सिरहा र सप्तरी जिल्लाका केही तह बाहेक सबै स्थानका लागि उम्मेदबार चयन भइसकेका छन् ।
यस्तै सप्तरी सदरमुकाम राजविराजको मेयरमा भीमराज यादव, उपमेयरमा किरणकुमारी साह, कंचनरुप नगरपालिकाको मेयरमा सुदम्बर यादव, उपमेयरमा मिना ठाकुर, कंकालिनी हनुमाननगर नगरपालिकाको मेयरमा बीरेन्द्र माझी, उपमेयरमा सियावतीदेवी यादव, सुरुङ्गा नगरपालिकाको मेयरमा महेन्द्र प्रसाद चौधरी, उपमेयरमा प्रेमकुमारी थापा, खडक नगरपालिकाको मेयरमा हुमायु हक, उपमेयरमा केन्दुलाकुमारीदेवी झा, शम्भुनाथ नगरपालिकाको मयेरमा कन्तलाल चौधरी, उपमेयरमा निर्मला कुमारी साह, डाक्नेश्री नगरपालिकाको मेयरमा बेचु साह, उपमेयरमा मिराकुमारी यादव, सप्तकोशी नगरपालिकाको मेयरमा उमेश यादव र उपमेयरमा मिश्रा राईको नाम टुंगो लागेको छ ।
यस्तै महदेवा गाउँपालिकाको अध्यक्षमा दीपक यादव र उपाध्यक्षमा ममता यादव, तिरहुतको अध्यक्षमा हेमन्तकुमार बहडखेर र उपाध्यक्षमा तिर्थमाया मण्डल, कृष्णासवरणको अध्यक्षमा हरिनन्दन साह, उपाध्यक्षमा रमितादेवी सदा, इटहरी विष्णुपुरको अध्यक्षमा उमेशप्रसाद यादव, उपाध्यक्षमा उषाकुमारी साह, छिन्नमस्ताको अध्यक्षमा केदारप्रसाद यादव, उपाध्यक्षमा तृष्णाकुमारी मण्डल, बलानबिहुलको अध्यक्षमा दयानन्द गोइत, उपाध्यक्षमा रुबीकुमारी गुप्ता तथा तिलाठी कोइलाडीको अध्यक्षमा नवनित झा र उपाध्यक्षमा चन्द्रिकादेवी यादवको नाम टुंगो लागेको हो ।
यता सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका मध्ये बोदेबर्साइन नगरपालिको मेयर र उपमेयरको तथा रुपनी गाउँपालिका र बेल्हीचपेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम टुंगो लाग्न सकेको छैन् ।
यद्दपी बोदेबर्साइन नगरपालिकाको मेयरमा आतिस यादव र अभिषेक यादवको नाम सिफारिस भएको छ भने रुपनी गाउँपालिकाको अध्यक्षमा बलराम यादव र बेल्हीचपेनाको अध्यक्षमा सुरेन्द्र यादव र चितरन्जन यादवको नाम सिफारिस भएको छ ।
भाद्र दोस्रो साता केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मेयर र उपमेयर, अध्यक्ष तथा उपाध्यक्षको सूचीलाई अन्तिम रुप दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ