News Category 2074/05/19
काँग्रेसले १६ स्थानीय तहमा उम्मेदवार टुंगो लगायो
दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
सत्तारुढ दल नेपाली काँग्रेसले २ नं. प्रदेशमा असोज २ गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागि सप्तरीको १८ वटा स्थानिय तह मध्ये १६ वटामा उम्मेदवारहरुको नामावली आइतबार सार्वजनिक गरेको छ ।
सप्तरीमा नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेस गरि तीन वटा दलले मात्र हालसम्म उम्मेदवारहरुको टुंगो लगाएको हो । यता लामो आन्दोलन पश्चात् निर्वाचनमा सहभागि जनाएको राष्ट्रिय जनता पार्टीले हालसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन् ।
श्रोतका अनुसार राजपा नेपालले सप्तरीको राजविराज नगरपालिका, कोइलाडी तिलाठी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका बाहेक अन्य १५ वटा स्थानिय तहका लागि उम्मेदवारहरुको नाम आन्तरिक रुपमा टुंगो लगाए पनि सार्वजनिक गरेको छैन् । राजपाले उम्मेदवार टुंगो लगाउन नसकेको तीन वटा स्थानिय तहको नामसहित सम्पूर्ण स्थानिय तहका लागि उम्मेदवारहरुको नाम सोमबार सार्वजनिक गर्ने बताएको छ ।
यस्तै सरकारमा सहभागि रहेका नेपाल लोकतान्त्रिक पार्टी, नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीले समेत उम्मेदवारहरुको नाम टुंगो लगाउन सकेको छैन् ।
यता आइतबार नेपाली काँग्रेसले राजविराज नगरपालिका लागि मेयर पदका उम्मेदवारमा ध्रुवकुमार देव र उपमेयरमा सुशिलाकुमारी यादवको नाम टुंगो लगाएको छ । यस्तै हनुमाननगर कंकालिनी नगरपालिका मेयरमा सरोज बिराजी, उपमेयरमा राजेश्बरीदेबी यादव, सप्तकोशी नगरपालिकामा मेयरमा कृष्णप्रसाद ढकाल र उपमेयरमा रिताकुमारी चौधरीको नाम टुंगो लगाएको हो । यस्तै डाँक्नेश्वरी नगरपालिकामा मेयरमा नारायण यादवको नाम टुंगो लगाएको छ भने उपमेयरमा अझ नाम टुंगो लगाउन सकेको छैन् ।
यसैगरि सुरुंगा नगरपालिका लागि मेयरको नाम टुंगो नलागे पनि उपमेयरमा भने सुष्मा चौधरीलाई खडा गरेको छ । त्यस्तै बोदैबर्साइन नगरपालिकाको मेयरमा कर्मैत यादव र उपमेयरमा उर्मिलादेवी साह, कञ्चनरुप नगरपालिकामा मेयर बाहेक उपमेयरमा निरु पोखरेललाई अघि सारेको छ भने खड्ग नगरपालिका र शम्भुनाथ नगरपालिकामा कुनै उम्मेदवारको नाम टुंगो लाग्न सकेको छैन् ।
यसैगरि अग्निमाई कृष्णसवरण गाउँपालिकाको प्रमुखमा परशुराम चौधरी, उपप्रमुखमा मिना चौधरी, महदेवा गाउँपालिकाको प्रमुखमा गजेन्द्र मण्डल, उपप्रमुखमा संगिताकुमारी यादव, तिरहुत गाउँपालिकाको प्रमुखमा देवनारायण गोइत, उपप्रमुखमा गितादेवी यादव, विष्णुपुर गाउँपालिकाको प्रमुखमा निलाम्बर यादव, उपप्रमुखमा जनजिराकुमारी यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव, उपप्रमुखमा पुष्पमालाकुमारी मण्डल, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा कुलानन्द यादव, उपप्रमुखमा शहिदा खातुन, रुपनी गाउँपालिकाको प्रमुखमा रामनारायण ईसर, उपप्रमुखमा भोलेश्वरी चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा अरुणकुमार मण्डल, उपप्रमुखमा अरहुलदेवी मण्डल, बलान बिहुल गाउँपालिकाको प्रमुखमा जितेन्द्रकुमार यादव र उप्रमुखमा अनितादेवी साहको नाम सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ