News Category 2074/05/20
आफ्नै कार्यकर्ताबाट फोरम केन्द्रिय उपाध्यक्ष यादवको बिरोध
दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले आफ्नै केन्द्रिय उपाध्यक्षको घरमा सोमबार तोडफोड तथा आगजनीका प्रयास गरेका छन् ।
असोज २ गते प्रदेश नं. २ मा हुन गइरहेको स्थानीय तह निर्वाचनको क्रममा उम्मेदवारीको विषयलाई लिएर असन्तुष्ट भएका कार्यकर्ताहरुले राजविराज वडा नं. ७ स्थित उपाध्यक्ष यादवको घरमा तोडफोड तथा आगजनीका प्रयास गरेका हुन् ।
उम्मेदवार चयन प्रक्रियामा असन्तुष्ट जनाएका कार्यकर्ताहरुले उपाध्यक्ष यादवको घर अगाडी टायरबाली नाराबाजी गर्दै ढुंगामुढा तथा भित्र तोडफोड समेत गरेका छन् । उनीहरुले घरको मूल ढोकामा तालाबन्दी समेत गरेका छन् । जसकारण उपाध्यक्ष यादव घर भित्रै थुनिएका थिए ।
सप्तरीको बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र यादव र चितरन्जन यादवको नाम अगाडी आएको तथा उम्मेदवार छनौट कमिटिले सुरेन्द्र यादवको नाम टुंगो लगाएपनि केन्द्रिय उपाध्यक्ष रेणु यादवकै दबाबमा चितरन्जन यादवलाई टिकट दिएको आरोप लगाउँदै सुरेन्द्र यादव पक्षधरले रेणु यादवको बिरोध गरेका हुन् ।
यता सो विषयमा केन्द्रिय उपाध्यक्ष रेणु यादवले टिकटको विषयमा आफूलाई केही थाहा नभएको र जिल्ला तथा केन्द्रिय कमिटीबाट टिकट बाँडफाँड हुने भन्दै आफ्नो बिरोध गरिएको प्रति आश्चर्य चकित भएको बताउनुभएको छ ।
दुई दिनअघि मात्र जिल्लाको तीन स्थानीय तहमा देखिएको उम्मेदवारबीचको विवादलाई साम्य पार्न केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सप्तरीको आउनु भएको थियो । जिल्लाको बेल्ही चपेना गाउँपालिका र बोदेबसाईन नगरपालिकामा उम्मेदवार चयन हुन सकेको थिएन् ।
बोदेबसाईन नगरपालिकामा रेणु यादवका छोरा अभिषेक यादव र केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद सिंहका छोरा आतिश कुमार सिंहबीच मेयर पदमा विवाद देखिएपछि केन्द्रिय अध्यक्ष र वरिष्ठ नेता राईले सो विवाद समाधान गर्दै बोदेबसाईन नगरपालिकाका लागि आतिश सिंहको नाम टुंगो लगाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ