News Category 2074/05/21
एमालेले पनि आधिकारी रुपमा उम्मेदवार छनौट ग¥यो
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सप्तरीमा उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेले सप्तकोशी नगरपालिकाका प्रमुखमा उत्तम कुमार गौतम, उपप्रमुखमा आशा चौधरी, कञ्चनरुप नगरपालिकाका प्रमुखमा बसन्त मिश्र, उपप्रमुखमा आशादेवी चौधरी, बोदेवसाइन नगरपालिकाका प्रमुखमा कमाल मोहमद, उपप्रमुखमा तारादेवी झा, हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुखमा सोभितलाल यादव, उपप्रमुखमा अरुणा पैकरा, राजविराज नगरपालिकाका प्रमुखमा सुखराम यादव, उपप्रमुखमा ममता चौधरी, शम्भुनाथ नगरपालिकाका प्रमुखमा जितेन्द्रप्रसाद गुप्ता, उपप्रमुखमा शोभाकुमारी चौधरीको नाम छनौट गरेको छ ।
त्यस्तै डाक्नेश्वरी नगरपालिकाका प्रमुखमा रामलखन मुखिया, उपप्रमुखमा मिन्टु चौधरी, खडक नगरपालिकाका प्रमुखमा सत्रुघन प्रसाद साह, उपप्रमुखमा राधा पासवान, सुरुङ्गा नगरपालिकाका प्रमुखमा रामनारायण चौधरी, उपप्रमुखमा सविता साहलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरि तिरहुत गाउँपालिकाका अध्यक्षमा गफुर मियाँ, उपाध्यक्षमा अम्बिका कुमारी यादव, महादेवा गाउँपालिकाका अध्यक्षमा राजाराम यादव, उपाध्यक्षमा हिरादेवी शर्मा, रुपनी गाउँपालिकाको उपाध्यक्षमा सञ्जुकुमारी चौधरी, विष्णुपुर गाउँपालिकाका अध्यक्षमा अशोककुमार यादव, उपाध्यक्षमा सोनितादेवी राम, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा जागेश्वर झा, उपाध्यक्षमा रञ्जुदेवी मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्षमा जयप्रकाश ठाकुर, उपाध्यक्षमा अञ्जुदेवी यादव, बेल्ही चपेना गाउँपालिकाका अध्यक्षमा ओमप्रकाश मण्डल, उपाध्यक्षमा आशादेवी यादव, अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्षमा बद्रीनारायण चौधरी, उपाध्यक्षमा सैलेन्द्रीदेवी लेखी, बलान बिहुल गाउँपालिकाका अध्यक्षमा अशोककुमार यादव, उपाध्यक्ष बाँकी रहेको एमालेले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ