News Category 2074/05/23
८ सय ५६ जनप्रतिनिधिका लागि सप्तरीमा ५ हजार ६ सय ८३ को उम्मेदवारी, प्रमुखमा २ सय १४ र उपप्रमुखमा १ सय ६६ जनाको मनोनयन
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
असोज २ गते हुने स्थानिय तह निर्वाचनका लागि सप्तरीमा ८ सय ५६ जनप्रतिनिधिका लागि सप्तरी ५ हजार ६ सय ८३ को उम्मेदवारी परेको छ ।
सप्तरीको ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि १८ वटै स्थानिय तहको प्रमुख पदका लागि २ सय १४ जनाले आफ्नो उम्मेदवारी दिएका छन् भने उपप्रमुखका लागि १ सय ६६ वटा मनोनयन परेको जिल्ला मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै १ सय ६४ वडाका लागि वडा अध्यक्षमा १ हजार २ सय १७ वटा मनोनयन दर्ता भएको छ । यस्तै वडा महिला सदस्यका लागि १ हजार ७४, दलित महिला सदस्यका लागि ९ सय ८२ र खुल्ला सदस्यका लागि २ हजार ३० वटा मनोनय दर्ता भएको छ ।
८२ जना जनप्रतिनिधिका राजविराज नगरपालिमा ५ सय ४७ वटा मनोनय दर्ता भएको छ । मेयरमा १३, उपमेयरमा ९, वडा अध्यक्षमा १ सय २५, महिला सदस्यमा १ सय ६, दलित महिला सदस्यमा ८८ र खुल्ला सदस्यका लागि २ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरि हनुमाननगर कंकालनी नगरपालिकामा ५ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा १२, उपमेयरमा १३, वडा अध्यक्षमा १ सय १३, महिला सदस्यमा ९७, दलित महिला सदस्यमा ९० र खुला सदस्यमा १ सय ८५ जनाले मनोनयन दिएका छन् ।
यस्तै कञ्चनरुप नगरपालिकामा ३ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा १०, उपमेयरमा ७, वडा अध्यक्षमा ७८, महिला सदस्यमा ७३, दलित महिला सदस्यमा ६८, खुला सदस्यमा १ सय ४० जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरि सप्तकोशी नगरपालिकामा २ सय ७० जनाले उम्मेदवारी दिएका छन् । मेयरमा ८, उपमेयरमा ९, वडा अध्यक्षमा ५९, महिला सदस्यमा ४६, दलित महिला सदस्यमा ५१, खुला सदस्यमा ९७ जनाको मनोनयन परेको छ ।
यस्तै सुरुङ्गा नगरपालिमा ३ सय ८४ जनाको उम्मेदवारी परेको छ । मेयरमा ११, उपमेयरमा ८, वडा अध्यक्षमा ८२, महिला सदस्यमा ५८, दलित महिला सदस्यमा ४८, खुला सदस्यमा १ सय ७७ वटा मनोनयन दर्ता भएको छ ।
त्यसैगरि शम्भुनाथ नगरपालिकामा ४ सय १९ जनाले उम्मेदवारी दिएका छन् । मेयरमा १२, उपमेयरमा ८, वडा अध्यक्षमा ९१, महिला सदस्यमा ७८, दलित महिला सदस्यमा ७५, खुला सदस्यमा १ सय ५५ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै डाक्नेश्वरी नगरपालिकामा ३ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । मेयरमा ११, उपमेयरमा १६, वडा अध्यक्षमा ७३, महिला सदस्यमा ६२, दलित महिला सदस्यमा ६१, खुला सदस्यमा १ सय २२ जनाले मनोनयन दर्ता गराएका छन् ।
यता खडक नगरपालिकामा ४ सय १० जनाले उम्मेदवारी दिएका छन् । मेयरमा १४, उपमेयरमा ११, वडा अध्यक्षमा ८६, महिला सदस्यमा ८०, दलित महिला सदस्यमा ७४, खुला सदस्यमा १ सय ४५ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरि बोदेबरसाईन नगरपालिकामा ३ सय ८० जनाको उम्मेदवारी परेको छ । मेयरमा १२, उपमेयरमा ११, वडा अध्यक्षमा ८५, महिला सदस्यमा ६७, दलित महिला सदस्यमा ६७, खुला सदस्यमा १ सय ३८ जनाको उम्मेदवारी परेको छ ।
यसैगरि विष्णुपुर गाउँपालिकाका लागि २ सय ६३ जनाले आ–आफ्नो उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा १६, उपाध्यक्षमा १२, वडा अध्यक्षमा ५७, महिला सदस्यमा ९४, दलित महिला सदस्यमा ४२,
खुला सदस्यमा ४२ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरि तिलाठी कोईलाडी गाउँपालिकामा ३ सय ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा १४, उपाध्यक्षमा ९, वडा अध्यक्षमा ६३, महिला सदस्यमा ५४, दलित महिला सदस्यमा ५०, खुला सदस्यमा १ सय १४ जनाको मनोनयन परेको छ ।
त्यसैगरि छिन्नमस्ता गाउँपालिकाका लागि २ सय ९६ जनाको मनोनय दर्ता भएको छ । अध्यक्षमा १६, उपाध्यक्षमा ९, वडा अध्यक्षमा ६३, महिला सदस्यमा ५०, दलित महिला सदस्यमा ४९, खुला सदस्यमा १ सय ९ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै महदेवा गाउँपालिकामा २ सय जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ९, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ४३, महिला सदस्यमा ३६, दलित महिला सदस्यमा ३४, खुला सदस्यमा ७२ जनाको मनोनयन परेको छ ।
त्यस्तै रुपनी गाउँपालिकामा १ सय ९४ जनाको मनोनयन दर्ता भएको छ । अध्यक्षमा ८, उपाध्यक्षमा ७, वडा अध्यक्षमा ४५, महिला सदस्यमा ३५, दलित महिला सदस्यमा ३१, खुला सदस्यमा ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरि तिरहुत गाउँपालिकामा १ सय ८५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा १३, उपाध्यक्षमा ९, वडा अध्यक्षमा ३८, महिला सदस्यमा ३०, दलित महिला सदस्यमा ३२, खुला सदस्यमा ६३ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै वेल्ही चपेना गाउँपालिकामा १ सय ९० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा १३, उपाध्यक्ष ६, वडा अध्यक्षमा ४१, महिला सदस्यमा ३३, दलित महिला सदस्यमा ३३, खुला सदस्यमा ६४ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै अग्नीसाईर कृष्णासरवन गाउँपालिकामा २ सय ४४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ११, उपाध्यक्षमा ९, वडा अध्यक्षमा ४३, महिला सदस्यमा ४४, दलित महिला सदस्यमा ६३,
खुला सदस्य ७४ वटा उम्मेदवारी परेको छ ।
यता वलान विहुल गाउँपालिकामा १ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा ११, उपाध्यक्षमा ७, वडा अध्यक्षमा ३२, महिला सदस्यमा ३१, दलित महिला सदस्यमा २६, खुला सदस्यमा ५९ जनाको उम्मेदवारी परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ