News Category 2074/05/28
काँग्रेसको पहिलो चुनावी सभा सप्तरीबाट सुरु, मधेशको सबै समस्या समाधान हुन्छ ः प्रम देउवा
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
प्रधानमन्त्री शेर बहादुर देउवाले मधेशको सबै समस्या समाधान हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजित चुनावी सभालाई सम्बोधान गर्दै उहाँले सो आश्वासन दिनु भएको हो ।
चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले मधेशको मुद्दा काँग्रेसका लागि मुख्य मुद्दा रहेको भन्दै मधेशका मागहरुलाई सम्बोधन गराउन आफू नेतृत्वको सरकार हरेकक्षण तयार रहेको बताउनुभयो । उहाँले मधेशको हरेक मागप्रति काँग्रेस लचिलो रहेको बताउनुभयो ।
काँग्रेसका सभापति समेत रहनु भएका देउवाले राजविराजमा रंगशाला, सिटिहल, हुलाकी सडकसम्म बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजविराज नेपालकै नमूना र पुरानोमध्येका एक शहर भएपनि पछि परेको बताउँदै उहाँले आफू नेतृत्वको सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । स्वास्थ्य, शिक्षा, सडकको समस्यालाई आफ्नो दल जिते चाँडै समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश नं. २ को स्थानिय तहको निर्वाचनका क्रममा सप्तरीबाट काँग्रेसले सुरु गरेको पहिलो चुनावी सभामा प्रधानमन्त्री देउवाले भारतसँग कोशी हाईड्याम्प बनाउन सहमति भइसकेकोले अब मधेश बाढीबाट डुवानमा नपर्ने दाबी समेत गर्नुभयो । उहाँँले कोशी पीडितहरुको मुआब्जाका लागि भारत सरकारसँग रकम माँग समेत गरेको बताउनुभयो ।
यस्तै सो सभामा नेपाली काँगे्रसका महासचिव डा. शशांक कोइरालाले मुलुकको पुरानो पार्टी काँग्रेसकै अग्रसरतामा विकासले फड्को मारेको दाबी गर्दै मधेश समस्या पनि काँग्रेसले नै समाधान गरि मेधशी जनताको अधिकार संविधान संशोधन गरेर समाधान गर्ने बताउनुभयो ।
यसअघि कंचनरुप नगरपालिकामा आयोजित चुनावी सभालाई संक्षिप्त संबोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेस प्रजातन्त्रमाथि विश्वास राख्ने पार्टी भएकाले सबैको न्याय गर्दै विकास गर्ने भएकाले जिताउन सबैसँग आग्रह गर्नुभयो । उहाँसँगै आउनु भएका काँग्रेस नेताहरुले पनि काँग्रेस २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
यस्तै सभालाई सम्बोधन गर्दै नेता बिमलेन्द्र निधी, डा. शंशाक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीसहितकाले काँग्रेसलाई जिताउन सबैसँग आग्रह गर्नुभयो ।
यसअघि नेपाली काँग्रेस प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले हुलाकी राजमार्गको दोस्रो चरणको ठेक्का भइसकेको र सप्तरीदेखि पर्सासम्मको राजमार्ग बनाउने काम पनि चाँडै शुरु हुने बताउनुभएको छ ।
मिडिया सेन्टर सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बाढीबाट क्षतिग्रस्त विभिन्न ठाउँका बाटोघाटोसमेत बनाउने कार्यमा काँग्रेस लागिपरेको बताउनुभयो ।
नेता लेखकले तराई– मधेस, पहाड तथा हिमालमा बसोबास गर्ने जनताको अधिकार दिलाउने दायित्व काँग्रेसकै काँधमा आएको स्पष्ट गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ