News Category 2074/05/28
निर्वाचन आयोगद्वारा उपसभामुख यादवसँग स्पष्टीकरण माँग
दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आचार संहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उपसभामुख गंगाप्रसाद यादवसँग स्पष्टीकरण मागेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर व्यवस्थापिका संसद्का उपसभामुख यादव र नेपाल टेलिभिजन (एनटीभी)का कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।
आयोगले उपसभामुख यादवलाई प्रदेश नम्बर २ मा सन्चालन भइरहेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचारप्रसारमा आचारसंहिता विपरित भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको आयोगले जनाएको छ ।
उपसभामुख यादवले निर्वाचन आचार सहिंता विपरीत ब्यापक मात्रामा भारतीय नम्बर प्लेट भएका गाडीहरुको प्रयोग गरी उम्मेदवारहरुको प्रचार प्रसार गरीरहेको आयोगले जनाएको छ ।
यस्तै आयोगले एनटीभीका कार्यकारी अध्यक्ष दाहाललाई सोमबार काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित भएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको प्रबक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ