News Category 2074/05/29
मधेश हाम्रै हो भन्नेमा काँग्रेस पार्टी भित्र अंहकार र दम्भ छ ः प्रचण्ड
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कोशी हाईड्याम्प निर्माणका लागि गरिएको समझदारीप्रति असन्तुष्टि जनाउनु भएको छ ।
२ नं. प्रदेशमा असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसार गर्न मधेश झर्नु भएका अध्यक्ष प्रचण्डले बुधबार सप्तरी सदरमुकाम राजविराजमा गर्नुभएको पत्रकार सम्मेलन मार्फत सो असन्तुष्टि जनाउनु भएको हो ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार सप्तरीको चुनावी सभालाई सम्बोधन गर्दै भारतसँग कोशी ड्याम्प सम्बन्धी भारतसँग समझदारी भएको बताउनुभएको थियो । तर, माओवादी अध्यक्ष प्रचण्डले त्यो मुलुकको हितमा नरहेको प्रस्ट पार्दै सो विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने र त्यसलाई पूनरावोलकन गर्न सुझाव दिने बताउनुभयो ।
सोही पत्रकार सम्मेलनमा उहाँले पहिलो पटक स्थानिय तहको निर्वाचनमा सहभागि भएको माओवादी केन्द्रलाई एक पटक जिताउन मधेशी जनतासँग आग्रह समेत गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा आयोजित सो पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले हरेक पटक मधेशी जनताले काँग्रेस र एमालेलाई जिताउँदै आएको भन्दै अबको परिवर्तनशिल मधेशको सपना साकार गर्न यस पटक माओवादीका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभएको हो ।
उहाँले अहिले पनि काँग्रेस पार्टी भित्र अंहकार, दम्भ र मधेश हाम्रै हो भन्ने भावनालाई पनि चिर्न मधेशी जनतालाई यस पटक माओवादी पार्टीलाई मधेशमा जिताउन आग्रह गर्नुभयो ।
उहाँले माओवादी केन्द्र मधेशी जनताको सम्पूर्ण सपना साकार गर्न तयार रहेको भन्दै केही दिनमै राजविराज नगरको भौतिक पूर्वाधार र अन्य विकासका निम्ति बजेट छुट्याउन भौतिक पूर्वाधार मन्त्रीलाई निर्देशन दिने समेत बताउनुभयो ।
राजविराज मुलुककै पुरानो शहर मध्ये एक रहेको तर विकासमा पछाडी परेपनि यहाँका भौतिक पूर्वाधारहरुलाई विकास गर्न सकिए निकै विकासका सम्भावनाहरु जिवितै रहेको उहाँको भनाई छ ।
उहाँले मधेशमा बाढीबाट भएको क्षति सम्बन्धमा विशेष राहत प्याकेजको पहल भइरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ