News Category 2074/05/31
निर्वाचनको सम्पूर्ण तयारी पुरा, मतपेटिका सम्बन्धित स्थानमा पुग्यो
दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
जिल्लामा स्थानिय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मतदान शुरु हुन दुई दिन बाँकी रहँदा निर्वाचन कार्यालयले खटाएका कर्मचारी मतपेटिका लिएर मतदाताको घर नजिक पुगिसकेका छन् ।
कार्यालयले खटाएका कर्मचारी मतदान स्थल पुगेर मतदान स्थलको घेराबेरा, स्थानीयसँग छलफल, मतदाता परिचय पत्र वितरण लगायतका काम थालि सकेका छन् । ९ नगरपालिका र ९ गाउँपालिकाका लागि असोज २ गते समेवार निर्वाचन हुँदैछ ।
यहाँ ८ सय ५६ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५ हजार ६ सय ८३ जना प्रतिस्पर्धामा छन् । जिल्ला भर ४ सय ६२ मतदान केन्द्र कायम गरिएको छ । सवै मतदान केन्द्रमा मतपत्र लगायतका आवश्यक सामग्री सहित कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले बताउनुभयो ।
उहाँले सवै कर्मचारी मतदान केन्द्रमा पुगेर काम थालिसकेको जानकारी दिए । जिल्लामा २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र कायम गरिएकोछ । जसका लागि २ हजार ७ सय ७६ कर्मचारी खटिएका छन् ।
यता प्रत्येक मतदान स्थल तथा केन्द्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सेनाको सुरक्षा रहने गरी सुरक्षा ब्यवस्था मिलाएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
नेपाली सेना सहितको जिल्ला सुरक्षा समितिले गोप्य सूचना र सूचना विश्लेषण पछि जिल्लाका सवै मतदान स्थल र केन्द्रमा सुरक्षा ब्यवस्था मिलाइएको उहाँको भनाई छ ।
जिल्लाको २ सय ९५ मतदान स्थल र ४ सय ६२ मतदान केन्द्र मध्ये ३ सय २४ मतदान केन्द्र सम्वेदनशील र १ सय ३८ मतदान केन्द्र अति सम्वेदनशील रहेको र सोही अनुसार सुरक्षा ब्यवस्था गरिएको उहाँको भनाई छ ।
सम्वेदनशील रहेका मतदान केन्द्रहरुमा कम्तीमा ९ र अति सम्वेदनशीलमा कम्तीमा ११ जना नेपाल प्रहरी परिचालित हुने उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ