News Category 2074/06/01
निर्वाचन आयोगको लापर्वाहीले मतदान गर्नबाट बञ्चित
राजविराज÷निर्वाचन आयोगको लापरवाहीका कारण सप्तरीका सयौं मतदाता फोटोसहितको मतदाता नामाबलीमा नाम दर्ता गराए पनि मतदाता परिचय पत्र पाउँनबाट बञ्चित भएका छन ।
सप्तरीको साबिक बरही बिरपुर ७ निवासी हाल छिन्नमस्ता गाउँपालिका १ निवासी राम नारायण यादवले जिल्ला प्रशासन कार्यालय सप्तरीमा २०७२ चैत्र १५ गतेका दिन फोटो सहितको मतदाता नामाबली तथा ब्यक्तिगत विवरण संकलन फारममा नाम दर्ता गराएपनि असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा उहाँको नाम नै भेटिएन ।
उहाँ जस्तै जिल्लाका झण्डै दुई सयको हाराहारीमा फोटो सहितको मतदाता नामाबलीमा नाम रहेको छैन । निर्वाचन आयोग तथा कार्यालयको लापर्बाहीका कारणले गर्दा तिनीहरुले यसपालिको स्थानीय तहको निर्वाचनमा भाग लिन नसकिने अवस्था रहेको छ ।
त्यस्तै ३ दुई पटक भएको संविधानसभाको निर्वाचनमा आयोगले उपलब्ध गराएको फोटोसहितको मतदाता परिचय पत्र देखाएर एक बृद्धाले मतदान गर्नुभएको थियो, तर २ गते हुने निर्वाचनका लागि परिचयपत्र लिन आउँदा मतदाता नामावलीमा नामै भेटिएन् ।
यस्तै जिल्लाको कंकालिनी हनुमानगर नगरपालिकास्थित भारदहमा यस्तै दर्जनौं मतदाताको अहिलेको मतदाता सूचीमा नाम समावेश नभएको स्थानियहरुले जनाएका छन् ।
त्यस्तै अर्काे फोटोसहितको मतदाता परिचय पत्रका लागि २०७१ सालमै जिल्ला प्रशासन कार्यालयमा खटिएका निर्वाचन कर्मचारीबाट फोटो खिचाई मतदाता नामावलीमा नाम अद्यावधि भएको रसिद पाउनुभएको थियो, तर अहिले नाम मतदाता नामावलीमा छैन ।
निर्वाचन आयोगको लापर्बाहीका कारणले गर्दा सयौं मतदाताहरुले मतदान गर्नबाट बञ्चित भएपछि मतदाताहरु आक्रोशित बनेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ