News Category 2074/06/01
सबल नेपालका झा राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित
राजविराज÷सबल नेपालका संस्थापक मध्ये एक तथा खुल्ला दिसा मुक्त अभियानका कार्यक्रम संयोजक परमेश्वर झा काठमाडौंमा एक कार्यक्रमका बिच शनिबार राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
ईन्फो नेपाल नामंक संस्थाले स्थापना गरेको राजु मेमोरियल युवा पुरस्कार प्रत्येक बर्ष आप्mनो बार्षिक साधारण सभा मार्फत नेपाल भरिका वातावरणिय र सरसफाइको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने एक जना युवालाई पुरस्कृत गर्दै आएको छ ।
पानी सम्बन्धी बिज्ञ संस्थाको रुपमा रहेको ईन्फो संस्थामा कार्यरत स्व. राजु श्रेष्ठले आप्mनो कार्यकालमा पानी तथा वातावरणीय क्षेत्रमा उल्लेखनिय कार्य गरेको हुनाले उहाँको सम्झनामा सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गर्दै आईरहेको छ ।
सबल नेपालका वासँका कार्यक्रम संयोजक झाले सप्तरी जिल्लामा खुल्ला दिसा मुक्त क्षेत्र प्रबद्र्धनका लागि खेलेको उल्लेखनिय भुमिकाको कदर गर्दै उक्त पुरस्कार संस्थाका अध्यक्ष उर्मिला जोशि, प्रमुख अतिथी बातावरण बिद्ध भैरव रिसाल, सरसफाइ तथा बातावरण बिज्ञ भुषण तुलाधर, ईन्फोका कार्यकारी निर्देशक बिपिन डंगोल लगायतले उक्त युवा पुरस्कार सहित सम्मान गर्नु भएको थियो । सो पुरस्कारको राशि १० हजार रहेको छ ।
यसैबिच सरसफाई क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने झा सम्मानि हुनुभएकोमा सबल नेपालका टिम लिडर दिपक कुमार झा ,अध्यक्ष जुना गिरी ,बोर्ड सदस्य आयुष श्रेष्ठ ,सामीका परियोजना अधिकृत अशोक कुमार शाह ,वाँसका फिल्ड अधिकृत शुभ नारायण यादव सहितकाहरुले शुभकामना ब्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ