News Category 2070/08/10
सप्तरीको ६ मध्ये ३ क्षेत्रमा एमाओवादी, दुईमा काँग्रेस र एक स्थानमा एमाले उम्मेदबार बिजयी
दैनिक संवाददाता
राजविराज, १० मंसिर ।
संविधानसभा निर्वाचन २०७० मा सप्तरीको ६ मध्ये ३ वटा क्षेत्रमा यस पटक एनेकपा माओवादीले आफ्नो कब्जा जमाएको छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार जिल्लाको तीन क्षेत्रमा एमाओवादी, दुईमा काँग्रेस र एक स्थानमा नेकपा एमालेका उम्मेदबार बिजयी भएका छन् ।
सप्तरीको क्षेत्र नं. १, २ र ३ मा एमाओवादी, ४ मा एमाले तथा ५ र ६ मा काँग्रेसका उम्मेदबारहरु बिजयी भएका हुन् ।
सप्तरी क्षेत्र नं. २ को आज बिहान १० बजे सम्पन्न मतगणना अनुसार एकिकृत मओवादीका उम्मेदबार अशोक कुमार मण्डल “अमर” ले ६०५६ मत प्राप्त गरि बिजयी बन्नुभएको हो । उहाँको निकत्तम प्रतिद्वन्द्व सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह “रामबाबु” ले ५६२४ मत ल्याउनुभयो भने तेश्रो स्थानमा मधेशी जनअधिकार फोरम नेपालका उम्मेदबार चन्द्र नारायण यादवले ४८३५ मत प्राप्त गर्नुभयो ।
यसअघि सम्पन्न मतगणनाको परिणाम अनुसार सप्तरीको क्षेत्र न. १ मा एमाओवादीका मानपुर चौधरीले ९८४४ मत ल्याई बिजयी हुनु भएको छ भने उनका निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमनराज प्याकुरेलले ८२४२ मत प्राप्त गर्नुभयो । त्यस्तै तेश्रो स्थानमा फोरम लोकतान्त्रिकका हेमराज तातेड्ले ५५४९ मत ल्याउनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालबाट हेमराज तातेड् बिजयी हुनुभएको थियो ।
यस्तै क्षेत्र नं. ३ मा एमाओवादीका उमेश कुमार यादवले ८७४६ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम नेपालका शैलेन्द्र प्रसाद साहले ६४८७ मत प्राप्त गर्नुभयो । तेश्रो स्थानमा तमलोपाका जयप्रकाश ठाकुरले ४५५३ मत प्राप्त गर्नुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा सद्भावना पार्टीका तर्फबाट महेश कुमार यादव बिजयी हुनुभएको थियो ।
यसैगरि सप्तरी क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदबार ताराकान्त चौधरीले ८२१७ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले ६९८४ मत प्राप्त गर्नुभयो । फोरम लोकतान्त्रिकका सत्यनारायण यादवले ४३९६ मत ल्याई तेश्रो स्थान प्राप्त गर्नुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालकी रेणु कुमारी यादव बिजयी हुनुभएको थियो ।
यस्तै क्षेत्र नं. ५ मा नेपाली काँग्रेसका तेजुलाल चौधरीले ७९५९प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँको निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका गोबिन्द न्यौपानेले ७६६३ मत ल्याउनुभयो । फोरम लोकतान्त्रिकका छेदीलाल चौधरीले ६४२३ मत प्राप्त गरि तेश्रो स्थानमा रहनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा स्वतन्त्र उम्मेदबार सदरुल मियाँ हक बिजयी हुनुभएको थियो ।
यस्तै सप्तरी क्षेत्र नं. ६ मा नेपाली काँग्रेसका सुरेन्द्र यादवले ५८८३ मत ल्याई बिजयी हुनु भएको छ । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका मृगेन्द्र कुमार सिंह यादवले ५६२३ मत प्राप्त गर्नुभयो । दलित जनजाति पार्टीका मो. इस्लामले ५१५६ मत ल्याई तेश्रो स्थानमा रहनुभयो । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालका मृगेन्द्र कुमार सिंह यादव बिजयी हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ