News Category 2074/06/04
सप्तरीको चुनावी मतपरिणाम, चुनावी मतपरिणामको सूचना दिन निर्वाचन कार्यालय असक्षम
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
सप्तरीको १८ मध्ये १७ वटा स्थानिय तहको मतगणना कार्य जारि रहेको छ । राजविराज नगरपालिका वडा नं. १५ को असोज ५ गते निर्वाचन भएपछि मात्र सोही दिनदेखी मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्लाको १७ वटा स्थानिय तहमा जारि मतगणनाको मतपरिणाम उपलब्ध गराउनमा जिल्ला निर्वाचन कार्यालय असक्षम प्रमाणित भएको छ । जिल्ला निर्वाचन कार्यालय समेतलाई आफ्नो मातहतमा रहेको मतदान अधिकृतहरुले सूचना प्रभाव गर्न नसकेको जनाएको छ ।
यता १७ वटा मध्ये १० स्थानिय तहको प्राप्त मतपरिणाम अनुसार तीन स्थानमा नेपाली काँग्रेस, दुई÷दुई स्थानमा राजपा र संघीय समाजवादी फोरम नेपाल तथा नेकपा एमाले र नेपाल लोकतान्त्रिक पार्टी एक स्थानमा अगाडी रहेको छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार अगाडी रहेका छन् । यो मतपरिणाम स्रंचारकर्मीहरुको आफ्नै प्रयासमा मंगलबार साँझ ८ बजेसम्मको संकलन हो ।
प्राप्त मतपरिणाम अनुसार खडक नगरपालिका ः काँग्रेस ६०८, राजपा ३७२, एमाले ३२९, सप्तकोशी नगरपालिका ः एमाले ४६८, माओवादी केन्द्र २२९, काँग्रेस १४८, हनुमाननगर कंकालिनी नगरपालिका ः फोरम ५१, राजपा ११, नेपाल लोकतान्त्रिक पार्टी २, बोदेबरसाईन नगरपालिका ः फोरम ६७, राजपा ३५, काँग्रेस २८, अग्निसाइर कृष्णासवरण गाउँपालिका ः काँग्रेस २२६, एमाले ९४, नेपाल लोकतान्त्रिक पार्टी ७४, तिलाठी कोइलाडी गाउँपालिका ः राजपा ४७९, काँग्रेस ४००, फोरम नेपाल ९६, बेल्ही चपेना गाउँपालिका ः काँग्रेस ३३५, फोरम १७६, राजपा ९२, रुपनी गाउँपालिका ः राजपा २६८, काँग्रेस १८७, माओवादी केन्द्र ५२, विष्णुपुर गाउँपालिका ः स्वतन्त्र २७९, फोरम २७२, राजपा २०९, सुरुङ्गा नगरपालिका ः नेपाल लोकतान्त्रिक पार्टी २७०, एमाले २११, काँग्रेस १९३ रहेको छ ।
बाँकी रहेका छिन्नमस्ता गाउँपालिका, तिरहुत गाउँपालिका, महदेवा नगरपालिका, बलान विहुल गाउँपालिका, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, डाक्नेश्वरी नगरपालिकाको मतगणनाको परिणाम प्राप्त हुन सकेको छैन् ।
यता राजविराज नगरपालिकामा वडा नं. १५ मा असोज ५ गते निर्वाचन भएपछि सोही दिन साँझदेखी मतगणना हुने मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ