News Category 2074/06/07
काँग्रेस तीन, राजपा दुई, फोरम नेपाल र एमाले एक÷एक स्थानमा बिजयी
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीको १८ मध्ये ७ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
जसमा काँग्रेस तीन र राजपाले दुई स्थान तथा संघीय समाजवादी फोरम नेपाल र एमाले एक एक स्थानमा निर्वाचित भएका छन् ।
पछिल्लो पटक आएको ताजा मत परिणाम अनुसार सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको अध्यक्षमा काग्रेसका परशुराम चौधरीले ३३९५ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा काग्रेसकी मिना देवी चौधरीले २९४८ मत ल्याएर जिवयी हुनुभएको छ ।
यसअघि जिल्लाको विष्णुपुर गाउँपालिकामा काँग्रेसका तर्फबाट अध्यक्ष पदमा लिलाम्बर यादव २१५५ र उपाध्यक्ष पदमा जंजिरादेवी यादवले २०६८ मत प्राप्त गरि बिजयी हुनुभएको छ । त्यस्तै बेल्ही चपेना गाउँपालिकामा अध्यक्षमा काँग्रेसकै परमानन्द यादवले ३५४५ र उपाध्यक्षमा काँग्रेसकै पुष्पमाला कुमारी मंडलले ३४५५ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।
यसैगरि जिल्लाको डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख पदमा शिवनारायण साहले ३८८० तथा राजपाकै उपप्रमुख पदमा इन्दुदेवी यादवले ३८५६ मत प्राप्त गरि निर्वाचित हुनुभयो भने जिल्लाको रुपनी गाउँपालिकाको अध्यक्षमा हरेराम यादवले ४०६८ तथा सोही पार्टीकी बेचनीदेवी सरदार ३९३६ मत प्राप्त गरि निर्वाचित हुनभयो ।
यस्तै जिल्लाको तिरहुत गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका हेमन्त बहरखेर यादव ३०४२ तथा सोही पार्टीकी तिर्थमाया मण्डल २८०० मत प्राप्त गरि निर्वाचित हनुभएको छ ।
यता सप्तकोशी नगरपालिकामा एमालेबाट अध्यक्ष पदमा उत्तम गौतमले ३०३९ र उपाध्यक्ष पदमा आशा चौधरीले ३२२७ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ