News Category 2074/06/10
ओपिडी सेवा ठप्प हुँदा सयौं बिरामीहरु बिचल्लीमा
दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएमा डाक्टरबाटै क्षतिपूर्ति भराउने विधेयकको बिरोधमा सप्तरी सहित मुलुकभरीका स्वास्थ्य संस्थाहरु ठप्प हुँदा हजारौ बिरामीहरुलाई समस्या खेप्नुपरीरहेको छ ।
डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएमा डाक्टरबाटै क्षतिपूर्ति भराउने विधेयक बनाउने सरकारको तयारीको विरोधमा रहेको नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा ओपिडी सेवा बन्द हुँदा हजारौं बिरामीहरु जिवन मरणको दोधारमा रहेको गुनासो बिरामीहरुको रहेको छ ।
विगत चारदिनदेखि सप्तरीको एक मात्र गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको ओपिडी सेवा ठप्प हुँदा सप्तरी सहित छिमेकी भारतको विभिन्न स्थानका हजारौ बिरामीहरु उपचारको लागि भौतारिरहेका छन ।
विगत तिन दिनदेखि असख्त बिरामी रहेका सप्तरीको साबिक बरही बिरपुर ७ का वौवालाल यादव उपचारको लागि सोमबार दिनभरी अस्पताल तथा निजि क्लिनिकहरुमा समेत भौतारिए पनि उपचार गर्न नपाउँदा बिचल्लीमा परेको गुनासो गर्नुभयो ।
उहाँ जस्तै अहिले सप्तरीका मात्र दिनहुँ सयौं बिरामीहरु उपचारको लागि अंचल अस्पतालमा धाएपनि उपचार बिना नै घर फर्किनु पर्ने अवस्था रहेका छन ।
यता डाक्टरहरुको आन्दोलनले विरामी मर्कामा परेको भन्दै सोमबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले चिकित्सकको मागमा सरकार सकारात्मक रहेको र प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाबाट फर्किएपछि निर्णय फिर्ता हुन सक्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
तर मन्त्रीपरिषदको बैठकले औपचारिकता मात्रै निभाउन खोजेको र माग पूरा नगर्ने खेलमा लागेको भन्दै आन्दोलन फिर्ता नलिने चिकित्सक संघले जनाएको छ । संघले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय कार्यान्वयन गर्न उर्दी जारी गरेको छ ।
संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरीका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पूर्ण रुपमा आन्दोलनमा सहभागी हुनु संघले भनेको छ । आफूहरुको आन्दोलनबाट उत्पन्न हुने सक्ने जुनसुकै परिस्थितिको जिम्मा नेपाल सरकारको नै रहेको पनि चिकित्सक संघले दावी गरेका छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ