News Category 2074/06/12
१५ मत अन्तरले राजविराजमा राजपा बिजयी, राजपा, फोरम नेपाल र काँग्रेस पाँच÷पाँच, एमाले दुई र नयाँ शक्ति एक स्थानमा बिजयी
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
सप्तरीको राजविराज नगरपालिकाको मेयर पदमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बिजयी भएको छ ।
राजपा नेपालका मेयर पदका उम्मेदवार शम्भु यादवले ४७७४ मत .प्राप्त गरि उहाँ बिजयी हुनभयो । उहाँँले संघीय समाजवादी फोरम नेपालका उम्मेदवार भिमराज यादवलाई १५ मत अन्तरले पराजित गर्नुभयो । फोरम नेपालका भिमराज यादवले.४७५९ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमेयरमा राजपा नेपालकी सधना झाले ५१९५ मत प्राप्त गरि बिजयी हुनुभयो । उहाँको निकटम प्रतिद्वन्द्वी फोरम नेपालकी किरण साहले ४२६९ मत प्राप्त गरिन् ।
यस्तै राजविराज नगरपालिकाको १६ वडा मध्ये १, ९, १०, १४ र १६ मा राजपा नेपाल, २, १२, १३, १५ मा संघीय फोरम, ४, ६, ८, ११ मा माओवादी केन्द्र, ५ मा काँग्रेस र ३ र ७ मा स्वतन्त्र उम्मेदवारले बिजयी हासिल गरेका छनु ।
यसअघि सप्तरीमा रहेको १८ वटा स्थानिय तह मध्ये राजपा नेपाल, फोरम नेपाल र नेपाली काँग्रेसले पाँच÷पाँच स्थान तथा नेकपा एमाले दुई र नयाँ शक्ति एक स्थानिय तहमा जित हासिल गरेका छन् ।
सदरमुकाम राजविराज, डाक्नेश्वरी, हनुमाननगर कंकालिनी नगरपालिकासहित तिलाठी कोइलाडी र रुपनी गाउँपालिकामा राजपा नेपाल बिजयी भएको छ ।
त्यस्तैे बोदेबरसाईन, सडक नगरपालिकासहित तिरहुत, महदेवा र बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल बिजय भएको छ ।
त्यस्तै शम्भुनाथ, सुरुङ्गा नगरपालिकासहित अग्नीसाइ कृष्णासवरन, बेल्ही चपेना र बिष्णपुर गाउँपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ ।
त्यसैगरि सप्तकोशी र कंचरुप नगरपालिकामा नेकपा (एमाले) तथा छिन्नमस्ता गाउँपालिकमा नयाँ शक्ति पार्टी बिजय भएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ