News Category 2074/06/16
चिकित्सकको लापर्वाहीले २३ वर्षिया ललिताको मृत्यु, परिवारजनद्वारा दोषिलाई कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
काठमाण्डौस्थित किष्ट मेडिकल कलेजका चिकित्सकको लापर्बाहीका कारणले सप्तरीको रामपुर जमुवा ६ राजपुर टोलकी २३ वर्षिया ललिता कुमारी चौधरीको मृत्यु भएको छ ।
मृतकका परिवारजनले आईतबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताएका हुन् ।
मृतकका दाजु देवकान्तले उक्त घटनाको निष्पक्ष छानविन हुनुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने तथा अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा फेरी पनि कसैको ज्यानमाथि खेलवाड नगियोस् भन्ने माँग गर्नुभएको छ ।
साबिक रामपुर जमु्वा ६ राजपुर टोल निवासी तथा हाल सप्तरीको शम्भुनाथ नगरपालिका वडा न. ११ निवासी सुरैतलाल चौधरीकी छोरी ललिता उपचार गराउँन गएकी तर निको भएर फर्किनन् ।
जिल्लाको कृष्णासवरन गाउँपालिका घर भएको हाल काठमाडौं बस्दै आएकी २३ वर्षिया ललिता पाँच महिना अगाडि मात्रै ओमप्रकाश चौधरीसंग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । भदौ १७ गते ललिताको पेट दुखेपछि नजिकैको अस्पताल ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । भर्नासँगै ललिताको उपचार प्रक्रिया शुरु पनि भयो । ललिताको पेटमा मृगौलासंगै ढुङ्गा अर्थात पत्थरी रहेको चिकित्सकहरुले बताएका थिए ।
भर्ना भएको एक हप्तामै पत्थरीलाई निकाल्न चिकित्सकहरुले लेजर अप्रेशन गरेका थिए । अप्रेशन पश्चात् पनि ललिता विस्तारै शिथिल हुदै गएकी थिइन् । अप्रेशन गरेको दुई हप्तापछि एउटा मृगौलामा संक्रमण देखियो भन्दै चिकित्सकले त्यो मृगौला निकाल्न सुझाब दियो । मृगौला निकाले विरामी निको हुन्छ भन्दै आश्वासन दिएका थिए । निको हुने भएपछि परिवारले पनि मृगौला निकाल्न सहमति जनाए र त्यसपश्चात संक्रमित मृगौला पनि निकालियो । मृगौला निकाले पश्चात् निको हुने भनिएकी ललिताको अवस्था दिनप्रति दिन विग्रीदै गयो । त्यसपश्चात् पिसाब पनि रोकियो अवस्था झन झन जटिल बन्दै गयो ।
यता दिनप्रति दिन अवस्था बिग्रिदै गएको ललिता अन्ततः अस्पताल भर्ना भएको ४४ औ दिनमा अथार्त असोज ६ गते सधैंका लागि विदा भए ।
अप्रेशन गर्नुपुर्व विरामीको अवस्थाबारे अस्पताल प्रशासनले कुनै जानकारी नगराएको, मृगौलामा पिप भएको कुरा लुकाएको र सिटि स्क्यान समेत नगरेको आरोप पीडितहरुको रहेको छ । उनीहरुले भर्ना भएको एक हप्तामै लेजर प्रविधिबाट अप्रेशन गरेको र विरामीलाई सोही दिनदेखि भेन्टिलेटरमा राखेको तर कुनै सुधार नभएको उनीहरुको आरोप लगाएका छन । पटक पटक अर्को हस्पिटलमा रेफर गर्न अनुरोध गर्दा पनि सुधारोन्मुख हुँदैछ भन्दै आलटाल गरेर झुलाएको पीडितहरुको आरोप छ । झिकिएको मृगौला र मृतकको रिपोर्ट अहिले सम्म अस्पताल प्रशासनले नदिएको आरोप लगाएका छन् । उता अस्पताल प्रशासन र पीडित पक्ष पटक पटक बार्तामा बसेपनि कुनै ठोष निश्कर्ष निश्कन सकेको छैन् ।
आयोजित पत्रकार सम्मेलनमा पीडितका परिवारजनले ललिताको उपचारको लागि हालसम्म झण्डै ६ लाखको हाराहारीमा रकम खर्चेपनि ललिता बाँच्न नसकेकोले सो घटनाको वास्तविक छानबिन हुनुपर्ने, पीडितलाई उचित क्षतिपुर्ति तथा दोषी चिकित्सकमाथि आवश्यक कार्बाही हुनुपर्ने माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ