News Category 2074/06/18
देवनारायणको रिहाका लागि सप्तरी प्रशासन र भारतीय पक्षबीच छलफल
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
भारतीय प्रहरीद्वारा पक्राउ परेका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादवलाई रिहा गराउन बारे स्थानिय प्रशासन सप्तरीले मंगलबार भारतीय पक्षसँग छलफल गरेको छ ।
देवनारायणका छोराले भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लास्थित कुनौली निवासी कैलाश साहकी १९ वर्षिया छोरी ज्योती साहलाई भगाएर विवाह गरेको आरोपमा ज्योतीका दाई सुनिलले २०१७ जुन ३ मा सोही थानामा देवनारायण, उनका छोरा अजय र अन्य दुई जनाविरुद अपहरणको मुद्दा दर्ता गराएको आधारमा बाबुछोरालाई कुनौली थानाले पक्राउ गरेको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी प्रमुख मुकेश कुमार सिंह, सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरीका उपरिक्षक रामाधार यादव कुनौली थाना पुगेर बाबु छोरालाई रिहा गराउने सम्बन्धमा केटीका दाजु समेतलाई राखेर छलफल गरेका छन् ।
छलफल पश्चात् कुनौली थानाका प्रहरी प्रमुख बिनोद यादवले ज्योतीले विरपुरस्थित अदालतमा बयान दिएपछि रिहा हुने आश्वासन दिएका छन् ।
यसअघि शनिबार राति तिलाठीका स्थानिय दुई युवकसँग यादवका छोरा अजय कुनौली बजार दशैंको मेलामा नाचगान हेर्न गएको बेला होहल्ला गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेपछि देवनारायण छोरालाई रिहा गराउन जाँदा भारतीय प्रहरीले उनलाई समेत पक्राउ गरेको थियो । पक्राउ परेका वावुछोरा दुवैलाई सुपौल जिल्ला अन्तर्गत बिरपुर थाना पठाईएको छ ।
यता अजयकी पत्नी ज्योतीले आफूलाई कसैले अपहरण तथा जोरजबरजस्ति नगरेको बताउँदै आफुखुशी प्रेम विवाह गरेको जनाएकी छिन् ।
गत वर्ष साउन १६ गते सप्तरीको तिलाठीस्थित खाँडो बाँधको विषयलाई लिएर स्थानिय तिलाठीवासी र भारतीय नागरिकबीच भएको विवादमा कुटपिटबाट यादव घाइते भएका थिए । खाँडो नदीमा एकतर्फी बाँध बाँध्न आएका भारतीयहरुको प्रतिकार गरेका कारण उनलाई विद्यार्थीहरुले नेपालको सीमा रक्षक र राष्ट्र नायकको संज्ञा दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ