News Category 2070/08/11
सप्तरी २ बाट एमाओवादीका मण्डल विजयी ६ मध्ये ३ क्षेत्रमा एमाओवादी, दुईमा का“ग्रेस र एकमा एमाले
दैनिक संवाददाता
राजविराज, १० मंसिर ।
संबिधानसभा निर्वाचनमा सप्तरीको ६ मध्ये ३ क्षेत्र एमाओवादीले कब्जा जमाएको छ ।
सोमबार विहान सम्पन्न मतगणना अनुसार क्षेत्र नम्बर २ मा एकिकृत नेकपा माओवादीका अशोक कुमार मण्डल बिजयी हुनुभएको छ ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी सद्भावना पार्टीका नवलकिशोर साहलाई ४ सय ३२ मत अन्तरले पराजित गर्दै मण्डल बिजयी हुनुभएको छ ।
बिजयी हुनुभएका मण्डलले ६ हजार ५६ मत प्राप्त गर्नुभएको छ भने सद्भावना पार्टीका साहले ५ हजार ६ सय २४ सहित दोश्रो तथा मधेशी जनअधिकार फोरम नेपालका चन्द्र नारायण यादवले ४ हजार ८ सय ३५ मत सहित तेश्रो हुनुभएको छ ।
अघिल्लो संबिधानसभामा सप्तरीको एउटा क्षेत्रमा पनि जित्न नसकेको एमाओवादी यसपालिको चुनावमा भने तीन वटा क्षेत्रमा बिजयी हासिल गरी कब्जा जमाउन सफल भएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार जिल्लाको तीन क्षेत्रमा एमाओवादी, दुई वटामा काँग्रेस र एउटामा नेकपा एमालेका उम्मेदबार बिजयी भएका छन् ।
सप्तरीको क्षेत्र नम्बर १, २ र ३ मा एमाओवादी, ४ मा एमाले तथा ५ र ६ मा काँग्रेसका उम्मेदबारहरु बिजयी भएका हुन् । यसअघि नै सप्तरीको क्षेत्र न. १ मा एमाओवादीका मानपुर चौधरीले ९ हजार ८ सय ४४ मत ल्याई बिजयी भईसक्नु भएको छ भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमनराज प्याकुरेलले ८२४२ मत प्राप्त गर्नुभयो । त्यस्तै तेश्रो स्थानमा रहनुभएका फोरम लोकतान्त्रिकका हेमराज तातेड्ले ५ हजार ५ सय ४९ मत ल्याउनुभयो । अघिल्लो संविधानसभा निर्वाचनमा सो क्षेत्रमा फोरम नेपालबाट हेमराज तातेड् बिजयी हुनुभएको थियो ।
यस्तै क्षेत्र नम्बर ३ मा एमाओवादीका उमेश कुमार यादवले ८ हजार ७ सय ४६ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम नेपालका शैलेन्द्र प्रसाद साहले ६ हजार ४ सय ८७ मत प्राप्त गर्नुभयो भने तेश्रो स्थानमा रहनु भएका तमलोपाका जयप्रकाश ठाकुरले ४ हजार ५ सय ५३ मत प्राप्त गर्नुभयो । अघिल्लो संविधानसभा निर्वाचनमा यस क्षेत्रमा सद्भावना पार्टीका तर्फबाट महेश कुमार यादव बिजयी हुनुभएको थियो ।
यसैगरि सप्तरी क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदबार ताराकान्त चौधरीले ८ हजार २ सय १७ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले ६गण्स् हजार ९ सय ८४ मत प्राप्त गर्नुभयो भने फोरम लोकतान्त्रिकका सत्यनारायण यादवले ४ हजार ३ सय ९६ मत ल्याई तेश्रो स्थान प्राप्त गर्नुभयो । अघिल्लो संविधानसभा निर्वाचनमा यस क्षेत्रमा फोरम नेपालकी रेणु कुमारी यादव बिजयी हुनुभएको थियो ।
यस्तै क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका तेजुलाल चौधरीले ७ हजार ९ सय ५९ प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँको निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका गोबिन्द न्यौपानेले ७ हजार ६ सय ६३ मत ल्याउनुभयो भने फोरम लोकतान्त्रिकका छेदीलाल चौधरीले ६ हजार ४ सय २३ मत प्राप्त गरि तेश्रो स्थानमा रहनुभयो । अघिल्लो संविधानसभा निर्वाचनमा यस क्षेत्रमा स्वतन्त्र उम्मेदबार सदरुल मियाँ हक बिजयी हुनुभएको थियो ।
यस्तै सप्तरी क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद यादवले ५ हजार ८ सय ८३ मत ल्याई बिजयी हुनु भएको छ । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका मृगेन्द्र कुमार सिंह यादवले ५ हजार ६ सय २३ मत प्राप्त गर्नुभयो भने दलित जनजाति पार्टीका मो. इस्लामले ५ हजार १ सय ५६ मत ल्याई तेश्रो स्थानमा रहनुभयो । अघिल्लो संविधानसभा निर्वाचनमा सो क्षेत्रमा फोरम नेपालका मृगेन्द्र कुमार सिंह यादव बिजयी हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ