News Category 2074/06/19
सकरपुरामा झाडापखालाको प्रकोप दुई गम्भिर, एक दर्जन बिरामी
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३ सकरपुरामा झाडापखालाको प्रकोप फैलिदा दुई जना गम्भिर हुनुका साथै एक दर्जन भन्दा बढी बिरामी परेका छन् ।
घर नजिकैको नदीमा माछा मारेर खाँदा फैलिएको झाडापखालाको प्रकोपले तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ सकरपुराका मनोज मण्डल र उनकी श्रीमति गिता देवी मण्डल गम्भिर घाईते भएका छन ।
सिकित्स घाईते श्रीमान श्रीमतिको तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर पठाईएको अस्पताल श्रोतले जनाएको छ ।
त्यस्तै उपचार भएका अन्य दुई जनाको समान्य उपचारपछि घर फर्किएपनि अन्य बिरामी एक दर्जनको गाउँमै जिल्ला जनस्वास्थ्य कार्यालयले संचालन गरेको शिबिरमा उपचार भईरहेको तिलाठी कोईलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार सकरपुराका दलित समुदायहरु सरसफाईमा ध्यान नदिएका कारण प्रदुषित पानी खाएको तथा पछिल्लो एक सातादेखि नदिको माछा मारेर त्यतिकै खाने गरेका कारणले सो प्रकोप फैलिएको हुन सकिने उहाँको अनुमान छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका आरआरसी फोकल पर्सन रघुनन्दन यादवले सकरपुरा टोलमा झाडापखालाको प्रकोप फैलिएको स्विकार गर्नुहुँदै उहाँले प्रकोपबाट बिरामी एक दर्जनको गाउँमा उपचार भईरहेको बताउनुभयो ।
त्यस्तै विगत केही दिनदेखि एकाएक भएको मौसम परिवर्तनका कारणले अहिले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतलामा रुघाखोकी, ज्वरो, झाडापखाला लगायतका बिरामीहरुको संख्यामा बृद्धि भएको छ ।
हाल दिनहुँ २० देखि ५० जना भन्दा बढी बिरामीहरु रुघाखोकी, ज्वरो, टाईफाईड लगायतका बिरामीहरु अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा बेडको अभावमा बिरामी तथा बिरामीका कुरुवाहरु प्रचण्ड गर्मीमा भुईमै बसाएर बिरामीहरुलाई उपचार गराउन समेत बाध्य रहेको बिरामीहरुको भनाई छ ।
त्यस्तै अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा बिरामीहरुलाई औषधि उपचार गराउँनमा निकै समस्या खेप्नुपरीरहेको छ । आवश्यकता अनुसारको चिकित्सक तथा औषधिहरु नपाउँदा बिरामीहरु झन समस्या खेप्नुपरीरहेको छ ।
त्यस्तै अस्पतालमा नेपाल सरकारले स्लाईनदेखि ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका विभिन्न ६७ प्रकारका औषधिहरु निशुल्क रुपमा वितरण गरेपनि जिल्लाका गरीब, निमुखा जनताहरुले सो औषधि कहिलै पनि नपाएको गुनासो गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ