News Category 2074/06/19
न्यायाधिश उपस्थित नभएकाले देवनारायणको मुद्दामाथी बहस भएन्
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
भारतीय प्रहरीद्वारा पक्राउ परेका सप्तरीको तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादव बुधबार पनि रिहा भएनन् ।
अपहरण मुद्दा लागेका बाबु छोरालाई भारतीय प्रहरीले बिरपुर थानामा राखेको छ । सो मुद्दा सम्बन्धमा त्यहाको अदालतमा बुधबार सुनुवाई हुने भनिएपनि दुई न्यायाधिश मध्ये एक न्यायाधिश अदालतमा उपस्थित नभएपछि उनीहरुको बहस सुरु हुन नसकेको विरपुर श्रोतले जनाएको छ ।
श्रोतका अनुसार बुधबार बाबु छोराको नाम, ठेगाना मात्र सोधपुछ गरिएको छ भने बिहीबार सार्वजनिक विदा परेकोले उनीहरुको मुद्दा फच्र्छौट हुन अझ केही दिन लाग्न सक्ने छ ।
यता बुधबार देवनारायणको घर तिलाठीमा राष्ट्रिय मानवअधिकारको टोली पुगेर घटना बारे बिस्तृत जानकारी लिएको छ ।
यसअघि देवनारायण र उनका छोरा अजयको रिहाई बारे स्थानिय प्रशासन सप्तरीले मंगलबार भारतीय पक्षसँग छलफल गरेको थियो । छलफल पश्चात् कुनौली थानाका प्रहरी प्रमुख बिनोद यादवले ज्योतीले विरपुरस्थित अदालतमा बयान दिएपछि रिहा हुने आश्वासन दिएका छन् ।
देवनारायणका छोराले भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लास्थित कुनौली निवासी कैलाश साहकी १९ वर्षिया छोरी ज्योती साहलाई भगाएर विवाह गरेको आरोपमा ज्योतीका दाई सुनिलले २०१७ जुन ३ मा सोही थानामा देवनारायण, उनका छोरा अजय र अन्य दुई जनाविरुद अपहरणको मुद्दा दर्ता गराएको आधारमा बाबुछोरालाई कुनौली थानाले पक्राउ गरेको हो ।
शनिबार राति तिलाठीका स्थानिय दुई युवकसँग यादवका छोरा अजय कुनौली बजार दशैंको मेलामा नाचगान हेर्न गएको बेला होहल्ला गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेपछि देवनारायण छोरालाई रिहा गराउन जाँदा भारतीय प्रहरीले उनलाई समेत पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ