News Category 2074/06/19
न्यायाधिश उपस्थित नभएकाले देवनारायणको मुद्दामाथी बहस भएन्
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
भारतीय प्रहरीद्वारा पक्राउ परेका सप्तरीको तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादव बुधबार पनि रिहा भएनन् ।
अपहरण मुद्दा लागेका बाबु छोरालाई भारतीय प्रहरीले बिरपुर थानामा राखेको छ । सो मुद्दा सम्बन्धमा त्यहाको अदालतमा बुधबार सुनुवाई हुने भनिएपनि दुई न्यायाधिश मध्ये एक न्यायाधिश अदालतमा उपस्थित नभएपछि उनीहरुको बहस सुरु हुन नसकेको विरपुर श्रोतले जनाएको छ ।
श्रोतका अनुसार बुधबार बाबु छोराको नाम, ठेगाना मात्र सोधपुछ गरिएको छ भने बिहीबार सार्वजनिक विदा परेकोले उनीहरुको मुद्दा फच्र्छौट हुन अझ केही दिन लाग्न सक्ने छ ।
यता बुधबार देवनारायणको घर तिलाठीमा राष्ट्रिय मानवअधिकारको टोली पुगेर घटना बारे बिस्तृत जानकारी लिएको छ ।
यसअघि देवनारायण र उनका छोरा अजयको रिहाई बारे स्थानिय प्रशासन सप्तरीले मंगलबार भारतीय पक्षसँग छलफल गरेको थियो । छलफल पश्चात् कुनौली थानाका प्रहरी प्रमुख बिनोद यादवले ज्योतीले विरपुरस्थित अदालतमा बयान दिएपछि रिहा हुने आश्वासन दिएका छन् ।
देवनारायणका छोराले भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लास्थित कुनौली निवासी कैलाश साहकी १९ वर्षिया छोरी ज्योती साहलाई भगाएर विवाह गरेको आरोपमा ज्योतीका दाई सुनिलले २०१७ जुन ३ मा सोही थानामा देवनारायण, उनका छोरा अजय र अन्य दुई जनाविरुद अपहरणको मुद्दा दर्ता गराएको आधारमा बाबुछोरालाई कुनौली थानाले पक्राउ गरेको हो ।
शनिबार राति तिलाठीका स्थानिय दुई युवकसँग यादवका छोरा अजय कुनौली बजार दशैंको मेलामा नाचगान हेर्न गएको बेला होहल्ला गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेपछि देवनारायण छोरालाई रिहा गराउन जाँदा भारतीय प्रहरीले उनलाई समेत पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ