News Category 2074/06/20
मुद्दा सुनुवाईमा ढिलाई हुँदा बाबु छोराको जेलबास लम्बियो
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
सप्तरीको कोइलाडी तिलाठी गाउँपालिका १ का देवनारायण यादव र उनको छोरा अजयको मुद्दा सुनुवाईमा ढिलाई हुँदा उनीहरुको कारागारबास लम्विएको छ ।
मुद्दा हेर्ने भारत विरपुर न्यायालयका न्यायिक दण्डाधिकारी लालबहादुर प्रसाद अनुपस्थित रहँदा यादव बाबु छोराको कारागारबास लम्विएको हो ।
मानव अपहरण तथा शरीर बन्धक मुद्दा लागेका बाबु छोरालाई भारतको विरपुर कारागार चलान गरिएको छ । विग पाँच दिनदेखी दुबै जना सोही कारागारमा रहेका छन् ।
विहीवार सार्वजनिक विदा परेकोले अब शुक्रबार मात्र बयानको अध्ययन गर्ने र शनिवार मुद्दा उपर सुनुवाई हुने भएकाले देवनारायण र उनको छोराको रिहाईमा अझ तीन चार दिन समय लाग्न सक्ने अवस्था देखिएको यादवको मुद्दा हेरिरहेका कानून ब्यवसायी प्रभाकर सिंहले जानकारी दिनुभएको छ ।
देवनारायणका परिवारजनले तिलाठी गाउँबाट मंगलवार अपहरित भनिएकी ज्योतीलाई लिएर विरपुर पुगेका थिए । उनले आफ्नो बयानमा आफूलाई कसैले अपहरण नगरेको र अजयसँग प्रेम बसेकाले भागी स्वेच्छाले प्रेम विवाह गरेको बताएकी छिन् । उनले बयानमा दाजु संजीवले कुनौली थानामा पति अजय र ससुरा देवनारायण माथि झुठो अपहरणको मुद्दा लगाएर दुःख दिने प्रयास गरेको समेत उल्लेख गरेकी छिन् । कार्यालय समय सकिन एक घण्टा बाँकी रहँदा बुधबार अदालतका एक कर्मचारीले ज्योतीको बयान लिएका थिए ।
भारतीय प्रहरीले कुनौली बजारकी ज्योती साहको अपहरण गरेको भन्दै उनका दाजु संजीवले थानामा उजुरी दिएपछि देवनारायण र उनको छोरालाई पव्रmाउ गरिएको जनाउँदै आएको छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मुकेश सिंह र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रामाधार यादव लगातार भारतीय सिमा अधिकारीको सम्पर्कमा रही यादव बाबु छोराको रिहाईका लागि पहल गरिरहेका छन् । तर अदालती प्रकृयामा ढिलाई हुँदा छुटाउन ढिलाई भएको प्रजिअ पाण्डेको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ