News Category 2074/06/20
सरसफाइमा ध्यान नदिएकै कारण झाडापखाला
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ सकरपुरामा फैलिएको झाडापखालाका कारण बिरामीहरुको संख्यामा बृद्धि भएको छ ।
सकरपुराका गितादेवी मण्डल र उनका श्रीमान मनोज कुमार मण्डलको घरबाट अचानक शुरु भएको झाडापखालाले त्यहाँका १४ बर्षिया बालिका संगिता कुमारी मण्डल, ५० वर्षिया महावति देवी मण्डल, २५ वर्षिया सरीता देवी मण्डल, ५९ वर्षिया सितली देवी मण्डल, ३ वर्षिय नाबालक सुरेभ मण्डल र १० वर्षिय रोहित कुमार मण्डल बिरामी भएको सकरपुराका सामाजिक परिचालक शिबनाथ यादव शिबुले जानकारी दिनुभयो ।
झाडापाखालाबाट प्रभावित मध्ये गम्भिर घाईते गितादेवी मण्डल र उनका श्रीमान मनोज कुमार मण्डलको तत्काल गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार हुन नसकेपछि थप उपचारको लागि नोबेल मेडिकल कलेज विराटनगर पठाईएको तथा उनीहरुको गम्भिर अवस्थामा उपचार भईरहेको परिवारजनले बताएका छन ।
यसैबिच झाडापखाला प्रभावितहरुको घरमा तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह तथा उपाध्यक्ष सुचिता कुमारी यादवले संयुक्त रुपमा अनुगमन तथा निरीक्षण गरी झाडापखालाबाट प्रभावितहरुको अवस्था बुझेका छन् ।
बिरामीहरुको अवस्था बुझनुका साथै सरसफाई तथा जनचेतना अभावका कारणले सकरपुरामा फैलिएको सो प्रकोपबाट कसैलाई पनि नआतिन अनुरोध गर्दै अध्यक्ष सिंहले निशुल्क औषधि उपचारको व्यवस्था मिलाईनुका साथै थप आवश्यक औषधि तथा सेवाको लागि पहल जारी रहेको बताउनुभयो ।
यता सकरपुरामा फैलिएको झाडापखाला प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य शिबिर संचालन गर्नुका साथै निशुल्क औषधि उपचारको व्यवस्था मिलाईएको छ ।
यसैबिच सरसफाई र स्वच्छ खानेपानीको अभावमा तथा स्थानीयहरुको रहनसहनमा परिवर्तन नआएका कारणले सो प्रकोप फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ