News Category 2074/06/21
संघीय समाजवादी फोरम र राजपा नेपालबीच चुनावी गठबन्धन
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
दलहरूबीच गठबन्धन गर्ने प्रक्रिया जोडतोडले अगाडि बढिरहेका बेला संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन बनेको छ ।
दुबै पार्टीले शुक्रबार एक संयुक्त विज्ञप्तिमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको जनाएको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्तिमार्फत गठबन्धनको प्रक्रिया शुरु भएको जानकारी दिइएको छ ।
सहमतिअनुसार आगामी चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । कुनै पनि गठबन्धनको नाम नलिई दुई पार्टीले गठबन्धनमा जानु परे दुवै पार्टी साझा अवधारणाका साथ सहभागी हुने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
फोरमका अध्यक्ष यादव र राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले गरेको सहमतिअनुसार मधेशी, आदिवासी जनजातिलगायतमाथि भएका सबै प्रकारका विभेदविरुद्ध लड्न सहकार्य गरिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ