News Category 2070/08/12
सप्तरीमा ६ प्रतिशत मत बदर
दैनिक संवाददाता
राजविराज, ११ मंसीर ।
यही मंसीर ४ गते भएको दोश्रो संबिधानसभा निर्वाचनमा सप्तरीमा ६ प्रतिशत मत बदर भएको छ ।
मंसीर ४ गते भएको संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ खसेको कुल २ लाख ३५ हजार १ सय ६८ मतदान मध्ये १५ हजार ९ सय २६ मत बदर भएको छ ।
क्षेत्र नम्बर १ मा कुल ५४ हजार ८ सय ३६ मतदाता मध्ये ४३ हजार ५ सय ५२ मतदाताले मतदान गरेकोमा ४० हजार १ सय १५ मत सदर र ३ हजार ४ सय ३७ मत बदर भएको छ । अघिल्लो संबिधानसभा निर्वाचनमा पनि सो क्षेत्रमा करिब ९ प्रतिशत मत बदर भएको थियो ।
यस्तै क्षेत्र नम्बर २ मा कुल ४५ हजार ७ सय २३ मतदाता मध्ये ३६ हजार ७ सय ४१ मतदाताले मतदान गरेकोमा ३४ हजार ३ सय ७४ मत सदर र २ हजार ३ सय ६७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ मा ५० हजार ५ सय ८४ मतदाता मध्ये ३५ हजार ६ सय ४१ मतदाताले मतदान गरेकोमा ३२ हजार ६ सय ८४ मत सदर र २ हजार ९ सय ५७ मत बदर भएको छ ।
त्यस्तै क्षेत्र नम्बर ४ मा कुल ४७ हजार ७ सय ८८ मतदाता मध्ये ३९ हजार १ सय ९२ मतदाताले मतदान गरेकोमा ३६ हजार ७ सय ८३ मत सदर र २ हजार ४ सय ९ मत बदर भएको छ भने क्षेत्र नम्बर ५ मा ४८ हजार १५ जना मतदाता मध्ये ३८ हजार ८ सय ६० मतदाताले मतदान गरेकोमा ३६ हजार ३ सय ४४ मत सदर र २ हजार ५ सय १६ मत बदर भएको छ ।
यस्तै क्षेत्र नम्बर ६ मा कुल ४७ हजार ७ सय ९७ मतदाता मध्ये ३८ हजार २ सय २६ मतदाताले मतदान गरेकोमा ३५ हजार ९ सय ८६ मत सदर र २ हजार २ सय ४० मत बदर भएको छ । सप्तरीमा कुल २ लाख ९४ हजार ६ सय ३२ मतदाता रहेकोमा यसपालिको निर्वाचनमा अन्य निर्वाचनको भन्दा बढी ७७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
अघिल्लो संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा करिब ९ प्रतिशत अर्थात २३ हजार मत बदर भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ