News Category 2074/06/22
अपहरण मुद्दा लागेका बाबुछोरा साधारण तारेखमा रिहा
राजविराज÷अपहरणको मुद्दा लागेका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादव एक हप्तापछि शनिबार साधारण तारेखमा रिहा भएका छन् ।
भारतको विरपुरस्थित अनुमण्ड्लिय व्यवहार न्यायालयका सहायक न्यायाधिश अभिषेख रन्जनको एकल इजलासले बाबु छोरालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । यसअघि अपहरण गरिएको भनिएकी कुनौली निवासी ज्योति कुमारी साहले आफू राजिखुशी प्रेम विवाह गरेको र कसैले अपहरण नगरेको अदालतमा बयान दिएकी थिइन् ।
यद्दपी बाबुछोरा साधारण तारेखमा रिहा भएपनि विरपुर न्यायालयले ज्योतीले विवाह गरेको समयमा उनी बालिक वा नाबालिक भएको नभएको सत्यतथ्यका लागि कुनौली थानालाई अनुसन्धानका लागि आदेश समेत दिएको देवनारायणका कानुन व्यवसायी प्रभाकर सिंहले जानकारी दिनुभयो ।
कुनौली थानामा केटीपक्षले २०१७ जुन ३ मा बाबुछोरा लगायत चार जना बिरुद्ध अपहरण मुद्दा दर्ता गराएपछि उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
गत वर्ष तिलाठीस्थित दशगज्जामा भएको विवादमा घाइते समेत भएका पूर्व क्षेत्रपाल देवनारायण यादव र उनका २१ वर्षिय छोरा अजयलाई कुनौली थानाका प्रहरीले गत आइतबार पक्राउ गरेको थियो ।
गत शनिबार राति तिलाठीका स्थानिय दुई युवकसँग यादवका छोरा अजय कुनौली बजार दशैंको मेलामा नाचगान हेर्न गएको बेला होहल्ला गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेपछि गत आइतबार बिहान बुबा देवनारायणले छोरालाई रिहा गराउन गएको बेला कुनौली थानाका इन्चार्ज दरोगा बिनोद यादवसँग देवनारायणको चर्काचर्की र गाली गलौज नै परेपछि भारतीय प्रहरीले देवनारायण समेतलाई पक्राउ ग¥यो । पक्राउ परेका वावु छोरालाई सुपौल जिल्ला अन्तर्गत बिरपुर थाना पठाईएको थियो ।
यसअघि देवनारायण र उनका छोरा अजयको रिहाई बारे सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, प्रहरी प्रमुख मुकेश कुमार सिंह, सशस्त्र प्रहरीका एसपी रामाधार यादव लगायतले मंगलबार भारतीय प्रहरीसँग छलफल गरेको थियो । छलफल पश्चात् कुनौली थानाका प्रहरी प्रमुख बिनोद यादवले ज्योतीले विरपुरस्थित अदालतमा बयान दिएपछि रिहा हुने आश्वासन दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ