News Category 2074/06/22
अपहरण मुद्दा लागेका बाबुछोरा साधारण तारेखमा रिहा
राजविराज÷अपहरणको मुद्दा लागेका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी निवासी देवनारायण यादव र उनका छोरा अजय यादव एक हप्तापछि शनिबार साधारण तारेखमा रिहा भएका छन् ।
भारतको विरपुरस्थित अनुमण्ड्लिय व्यवहार न्यायालयका सहायक न्यायाधिश अभिषेख रन्जनको एकल इजलासले बाबु छोरालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । यसअघि अपहरण गरिएको भनिएकी कुनौली निवासी ज्योति कुमारी साहले आफू राजिखुशी प्रेम विवाह गरेको र कसैले अपहरण नगरेको अदालतमा बयान दिएकी थिइन् ।
यद्दपी बाबुछोरा साधारण तारेखमा रिहा भएपनि विरपुर न्यायालयले ज्योतीले विवाह गरेको समयमा उनी बालिक वा नाबालिक भएको नभएको सत्यतथ्यका लागि कुनौली थानालाई अनुसन्धानका लागि आदेश समेत दिएको देवनारायणका कानुन व्यवसायी प्रभाकर सिंहले जानकारी दिनुभयो ।
कुनौली थानामा केटीपक्षले २०१७ जुन ३ मा बाबुछोरा लगायत चार जना बिरुद्ध अपहरण मुद्दा दर्ता गराएपछि उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
गत वर्ष तिलाठीस्थित दशगज्जामा भएको विवादमा घाइते समेत भएका पूर्व क्षेत्रपाल देवनारायण यादव र उनका २१ वर्षिय छोरा अजयलाई कुनौली थानाका प्रहरीले गत आइतबार पक्राउ गरेको थियो ।
गत शनिबार राति तिलाठीका स्थानिय दुई युवकसँग यादवका छोरा अजय कुनौली बजार दशैंको मेलामा नाचगान हेर्न गएको बेला होहल्ला गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेपछि गत आइतबार बिहान बुबा देवनारायणले छोरालाई रिहा गराउन गएको बेला कुनौली थानाका इन्चार्ज दरोगा बिनोद यादवसँग देवनारायणको चर्काचर्की र गाली गलौज नै परेपछि भारतीय प्रहरीले देवनारायण समेतलाई पक्राउ ग¥यो । पक्राउ परेका वावु छोरालाई सुपौल जिल्ला अन्तर्गत बिरपुर थाना पठाईएको थियो ।
यसअघि देवनारायण र उनका छोरा अजयको रिहाई बारे सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, प्रहरी प्रमुख मुकेश कुमार सिंह, सशस्त्र प्रहरीका एसपी रामाधार यादव लगायतले मंगलबार भारतीय प्रहरीसँग छलफल गरेको थियो । छलफल पश्चात् कुनौली थानाका प्रहरी प्रमुख बिनोद यादवले ज्योतीले विरपुरस्थित अदालतमा बयान दिएपछि रिहा हुने आश्वासन दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ