News Category 2074/06/23
कुटपिट तथा लुटपाट मुद्दामा कुनै सुनुवाई नभएको पीडितको आरोप
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
राजविराज नगरपालिका वडा नं. १३ निवासी देवकुमार यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्यान मार्ने उद्योगको जाहेरी दिएपनि हालसम्म कुनै सुनुवाई नभएको गुनासो गरेका छन ।
पीडितले आईतबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन । आयोजित पत्रकार सम्मेलनमा उहाँले राजविराज नगरपालिका वडा न. १३ भेल्ही पिपराही निवासी लक्ष्मण यादव, घनश्याम यादव र बिनोद भनिने रामकृष्ण यादव सहित ५÷६ जनाको समुहले असोज ४ गते राति ११ बजेको समयमा दाजु राजेन्द्र यादव र शिब नारायण यादवको आगँनमा कुटपिट गरेका बताउनुभयो ।
उहाँले सो कुटपिटका क्रममा डेढ तोला सुनको चेन र हातबाट खसेको सामसुङ्ग ग्यालेक्सी ७ मोबाईल र नगद १ लाख ५० हजार समेत लुटेर लगेको बताउनुभयो । सो लगत्तै प्रहरीमा कुटपिट सम्बन्धी जाहेरी दरखास्त दिएपनि प्रहरीले हालसम्म कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो ।
यसअघि लक्ष्मण यादवलाई प्रहरीले हतियारसहित पक्राउ गरेको कुरा सार्वजनिक गरिसकेको छ । यता पीडितले उक्त घटनामा आफूहरुलाई केही भन्नु नरहेको तर, कुटपिटमा संलग्न अन्य व्यक्तिहरुलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसक्नुप्रति शंका व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ