News Category 2074/06/24
हिन्दु राष्ट्र स्थापनाको माँग गर्दै ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
हिन्दु राष्ट्र स्थापनाको माँग गर्दै रााष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री समक्ष सोमबार ज्ञापनपत्र बुझाएका छन ।
राप्रपाका जिल्ला अध्यक्ष आकाश यादवको नेतृत्वमा निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी जनक कोइरालामार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका हुन ।
बुझाईएको ज्ञापन पत्रमा नेपालको संविधान २०७२ जारी भएको २ वर्ष पुरा भएपनि नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने आम नेपाली जनताको चाहना र भावना नयाँ संविधानमा समेटिन नसकेको भन्दै नेपाललाई हिन्दु राष्ट्र स्थापना गर्नेबारे जनताको प्रत्यक्ष अभिमत लिन अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसँगै राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने माँग गरीएको छ ।
त्यस्तै हिन्दु राष्ट्र स्थापनाको लाािग राप्रपाले सदन र सडकसम्म समेत आन्दोलन गर्नुका साथै हिन्दु राष्ट्र कायम गर्न रााप्रपाले संसदमा संविधान संशोधन बिधेयक समेत दर्ता गरी त्यसतर्फ संसद र प्रमुख राजनीतिक दलहरुले कुनै पनि चासो नदेखाएको धर्मनिरपेक्षताको आाडमा हालपनि योजनावद्ध र संगठित रुपले लोभलालच, त्रास र भ्रम सिर्जनाा गरेर लाखौं नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
यसैगरी एकारित नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको छ भने अर्कोतिर सदियौंदेखि नेपाली समाजमा कायम रहेको सद्भाव र एकता खलबलिई देशमा धार्मिक द्धन्द्ध बढने सम्भावना लेखिएकाले सो वास्तविकतालाई दृष्टिगत गरी नेपाललाई हिन्दु राष्ट स्थापना गर्नुपर्ने माँग गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ