News Category 2074/06/25
राजविराजको मेनरोडबाट ९ लाख ५० हजार लुटिए
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
राजविराजस्थित माइक्रो स्टेण्ड नजिकैबाट मंगलबार एक जना व्यक्तिले बैंकबाट निकालेको ९ लाख ५० हजार रकम लुटिएको छ ।
राजविराज नगरपालिका ९ मलेठस्थित नहरचौक निवासी मोहम्द इजलास मियाँले हार्डवेयर पसल संचालन गर्नको लागि बैकबाट निकालिएको रु ९ लाख ५० हजार रकम लुटिएको हो ।
राष्ट्रिय बाज्यि बैक राजविराज शाखाबाट रकम उठाई सनराइज बैंकमा रकम जम्मा गर्न स्टाम्प बनाउन माइक्रो स्टेण्ड नजिकै रहेको स्टाम्प पसल जाने क्रममा अपरिचित ब्यक्तिले रकम लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अज्ञात ब्यक्तिले मियाँको ब्यागमा पैसा बौकेका छोराको घाटिमा फोहोर दलेर रकमले भरिएको ब्याग लिएर भागेको पीडितले जनाएको छ ।
राष्ट्रिय बाणिज्य बैकमा हलिमा खातुनको नाममा रहेको १९०२५ नम्बरको खाताबाट निकालिएको रु ९ लाख ५० हजार रकम आउदो दिपावलीमा मलेठस्थित नहरचौकमा हार्डवेयर पसल संचालन गर्ने उद्देश्यले निकालिएको पीडित मियाले बताउनुभयो ।
यसैबिच रकम लुटेको आशंकामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै रकम लुटेर फारार रहेका ब्यक्तिको खोजी कार्य तिव्ररुपमा पारिएको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ