News Category 2070/08/12
मधेशी जनसमुदायमा तमरा अभियानको अपील
दैनिक संवाददाता
राजविराज, ११ मंसीर ।
निकट भबिष्यमै मधेशी जनताले बेहोर्नुपर्ने कठोर राजनीतिक संकटको मुकाबला गर्न र प्रतिगमनकारी कार्यको प्रतिकार गर्न तराई मधेश राष्ट्रिय अभियानले आफ्नो संगठनमा आबद्ध हुन मधेशका सबै जनसमुदायमा अपील गरेको छ ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले मंगलवार प्रेस बिज्ञप्ती जारी गरि छिटै संघर्ष तथा संगठनको कार्यक्रमहरु अभियानले सार्वजनिक गर्ने उल्लेख छ ।
निर्वाचनमा जित्ने मुख्य दलहरु संघीयता बिरोधी संबिधान ल्याउने कसरत गर्ने उल्लेख गर्दै बिज्ञप्तीमा पराजित भएका मधेशबादी दलका नेताहरुलाई राजनीतिबाट अवकाश लिन सुझाव समेत दिनुभएको छ ।
संबिधानसभा निर्वाचनमा सहभागि भएका सत्तालोलुप एंव गैर क्रान्तिकारी, अवसरबादीहरुको लज्जाजनक पराजय मधेशी जनताको पराजय नभएको टिप्पणी गर्दै बिज्ञप्तीमा भनिएको छ–‘‘ निर्वाचनलाई मधेशी जनताको हारको रुपमा चर्चा गरेर भावी आन्दोलनलाई हतोत्साहित नर्गन हामी सबैमा अनुरोध गर्न चाहन्छौ ।”
निर्वाचनमा मधेशी जनताले यथास्थितिबादी मधेशी नेताहरु र तिनका पार्टीलाई सजाय दिएको र निर्वाचन परिणामले जनता र जनताको क्रान्तिकारी चिन्तनको धारलाई हतोत्साहित गर्न नसक्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
आफुहरुले संबिधानसभा निर्वाचनमा सहभागि नभएर ठीक गरेको जिकिर गर्दै बिज्ञप्तीमा मधेशी जनताको अधिकार प्राप्तीका लागि नयाँ क्रान्तिकारी धारको निर्माण गर्न कम्मर कस्ने बेला आएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ