News Category 2074/06/25
नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र यादवसहित दर्जनांै राजपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
स्थानिय तह निर्वाचनमा विष्णुपुर गाउँपालिकाबाट अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरेन्द्र प्रसाद यादव मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गर्नुभएको छ ।
नेपाली काँग्रेस महासमिति सदस्य तथा पूर्व मलेकपुर गाबिस अध्यक्ष समेत रहनुभएका यादबसहित दर्जनौ नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेको हो ।
नेपाल पत्रकार महाँसंघ सप्तरीको सभाहलमा आयोजित पार्टी प्रवेश कार्यक्रम उहाँसहित बिष्णुपुर गाउँपालिका वडा नम्वर ६ वडा अध्यक्ष बहादुर सदा, नेपाली प्रजातान्त्रीक सेनानी संघका कावा अध्यक्ष सुर्य नारायण यादब, सिमराहा सिग्यौन गाबिसका पूर्व गाबिस अध्यक्ष देव नारायण यादब लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरु राजपामा प्रवेश गरेका छन ्।
यस्तै नेपाली काँग्रेसका क्रियाशिल सदस्य नारायण यादब, उपेन्द्र यादव, सम्पैत यादव, सकलदेव मण्डल, जिवछ मण्डल, जागेश्वर मण्डल, भोला यादव, दिलिप यादव, रामनारायण यादव, बद्री यादब, बिनोद कुमार राय, अनील कुमार राय, बिकन साह, संजीव कुमार साह, भागवत राम र राजेश कुमार यादब लगायतले पार्टी परित्याग गरी राजपामा प्रवेश गरेको राजपा सप्तरीका जिल्ला अध्यक्ष मण्डलका अध्यक्ष सुनिल कुमार झाले बताउनुभयो ।
प्रवेश गरेकाहरुलाई राजपाका केन्द्रीय सदस्य सत्यनारायण यादव, दिनेश यादव, रामप्रति यादव, नरेन्द्र यादब लगायतले फुलमाला, अबिर लगाई पार्टी प्रवेश गराउनुभयो ।
सो अवसरमा राजबिराज नगरपालीका नगरप्रमुख शंभु प्रसाद यादव, रुपनी गाउँपालीका अध्यक्ष हरेराम यादव, कोईलाडी तिलाठी गाँउपालीका अध्यक्ष सतिश सिँह, राजपाका जिल्ला अध्यक्ष मण्डलका सदस्य अमरनाथ मण्डल, प्रेस मंचका जिल्ला अध्यक्ष शुभचन्द्र झा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ