News Category 2074/06/25
नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र यादवसहित दर्जनांै राजपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
स्थानिय तह निर्वाचनमा विष्णुपुर गाउँपालिकाबाट अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरेन्द्र प्रसाद यादव मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गर्नुभएको छ ।
नेपाली काँग्रेस महासमिति सदस्य तथा पूर्व मलेकपुर गाबिस अध्यक्ष समेत रहनुभएका यादबसहित दर्जनौ नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेको हो ।
नेपाल पत्रकार महाँसंघ सप्तरीको सभाहलमा आयोजित पार्टी प्रवेश कार्यक्रम उहाँसहित बिष्णुपुर गाउँपालिका वडा नम्वर ६ वडा अध्यक्ष बहादुर सदा, नेपाली प्रजातान्त्रीक सेनानी संघका कावा अध्यक्ष सुर्य नारायण यादब, सिमराहा सिग्यौन गाबिसका पूर्व गाबिस अध्यक्ष देव नारायण यादब लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरु राजपामा प्रवेश गरेका छन ्।
यस्तै नेपाली काँग्रेसका क्रियाशिल सदस्य नारायण यादब, उपेन्द्र यादव, सम्पैत यादव, सकलदेव मण्डल, जिवछ मण्डल, जागेश्वर मण्डल, भोला यादव, दिलिप यादव, रामनारायण यादव, बद्री यादब, बिनोद कुमार राय, अनील कुमार राय, बिकन साह, संजीव कुमार साह, भागवत राम र राजेश कुमार यादब लगायतले पार्टी परित्याग गरी राजपामा प्रवेश गरेको राजपा सप्तरीका जिल्ला अध्यक्ष मण्डलका अध्यक्ष सुनिल कुमार झाले बताउनुभयो ।
प्रवेश गरेकाहरुलाई राजपाका केन्द्रीय सदस्य सत्यनारायण यादव, दिनेश यादव, रामप्रति यादव, नरेन्द्र यादब लगायतले फुलमाला, अबिर लगाई पार्टी प्रवेश गराउनुभयो ।
सो अवसरमा राजबिराज नगरपालीका नगरप्रमुख शंभु प्रसाद यादव, रुपनी गाउँपालीका अध्यक्ष हरेराम यादव, कोईलाडी तिलाठी गाँउपालीका अध्यक्ष सतिश सिँह, राजपाका जिल्ला अध्यक्ष मण्डलका सदस्य अमरनाथ मण्डल, प्रेस मंचका जिल्ला अध्यक्ष शुभचन्द्र झा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ