News Category 2074/06/31
एक्काइस दिनदेखी वेपत्ता वालक फेला परेनन् छोराको अवस्था पत्ता लगाई दिन वावुको आग्रह
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
सप्तरीको विष्णुपुर गाउँपालिका ५ का एक वालक वेपत्ता भएको २१ दिन भइसक्दा पनि हालसम्म उनको अवस्था बारे कुनै पत्तो लाग्न सकेको छैन् ।
यता बालक फेला पर्न नसकेपछि छोरालाई पत्ता लगाई दिन सोमवार वावु रामेश्वर यादवले पत्रकार सम्मेलन मार्फत सबैलाई आग्रह गर्नुभएको छ ।
रामेश्वर यादव राजविराजस्थित सडक विभागको साइड कार्यालयमा पियन पदमा कार्यरत छन् । उनी सपरिवार गाउँमै वस्दै आएपनि सडक विभागको कार्यालय कम्पाउण्ड भित्रै पाएको एउटा सानो कोठामा पढाईका लागि जेठा छोरा सचिनसँगै कान्छो छोरा महेशलाई राख्दै आएका छन् ।
राजविराज स्थित वल्र्ड भिजन स्कुलमा कक्षा ५ मा पढ्ने कान्छो छोरा महेश असोज ९ गते विहानवाट वेपत्ता छन् । दाई सचिनलाई एकैछिन वाहिर खेलेर आउँछु भन्दै निस्केका उनी हालसम्म घर फर्केका छैनन् । सोहि दिन देखि अभिभावक खोजीमा जुटेपनि हालसम्म महेशको पत्ता लाग्न नसकेको हो ।
वावु रामेश्वरका अनुसार उनले वेपत्ता छोराको खोजी गरिदिन आग्रह गर्दै असोज ११ गते प्रहरीमा पनि निवेदन दिई सकेका छन्, तर प्रहरी खोजतलास जारी छ भन्ने आश्वासन वाहेक केहि नपाईएको उनको गुनासो गर्नुभयो ।
उनले राजविराज ८ वस्ने २८ वर्षिय राहुल यादवको आफनो छोराको अपहरणमा संलग्नता भएको हुन सक्ने आशंका समेत ब्यक्त गर्दै उनलाई छानविनका लागि नियन्त्रणमा लिनु पर्ने माग पनि गर्नुभएको छ ।
स्कुल विदाका वेला पटक–पटक राहुलले छोरा महेशलाई मोटरसाईकलमा लिएर मुसहर्निया गाउँ स्थित उनको कुखुरा फार्ममा लिएर जाने गरेको बताउँदै उहाँले यस विषयलाई लिएर पटक पटक विवाद पनि भएको जानकारी दिनुभयो । सोहि निहुँमा उनले महेशलाई वेपत्ता वनाएको हुन सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो ।
रामेश्वरले छोरा वेपत्ता भएकै दिनदेखि राहुलको कुखुरा फर्ममा काम गर्ने एक भारतीय कामदार पनि वेपत्ता भएको सुनाए । उहाँले राहुलकै निर्देशनमा ती भारतीय नागरिकले महेशलाई वेपत्ता वनाएको हुन सक्ने जिकिर गर्दै राहुललाई समाए सवै रहस्य खुल्ने वताउनुभयो ।
यता प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वेपत्ता महेशको खोजीका लागि सवै श्रोत साधन परिचालन गरिएको वताउनुभयो । उहाँले वेपत्ता महेशका वावु रामेश्वरले शंका गरेका ब्यक्तिलाई पनि अनुसन्धानको क्रममा झिकाई आवश्यक सोधपुछ र वेपत्ता रहेका अर्का भारतीय नागरिक बारे पनि आवश्यक जानकारी लिने काम भईरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ