News Category 2074/06/31
सप्तरीमा म्यादी प्रहरीमा भर्नाका लागि १२ हजार ४८ आवेदन
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि सप्तरीका युवा, बृद्धा तथा महिलाहरुले उल्लेख्य मात्रामा आवेदन दिएका छन् ।
आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिनिधिसभा र प्रदेशसभाका लागि सरकारले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको आवेदन आहवान गरेसँगै सप्तरीमा १२ हजार ४८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।
असोज २४ गतेदेखी आवेदन दिने समय तोकिएपछि पहिलो दिन जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा आवेदन लिन प्रहरीहरुलाई हम्मे हम्मे परेको थियो । म्यादी प्रहरीको आवेदन आह्वान गरेसँगै आवेदनकर्ताहरुको दैनिकी रुपमा भिंड बढ्दै गएपछि राजविराजस्थित अंचल प्रहरी कार्यालयमा आवेदन लिने व्यवस्था मिलाएको थियो ।
यता रोजगारी नपाएर बेरोजगार भई बसेका युवा, महिला मात्र नभएर ५० वर्ष नाघिसकेका पुरुषहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आउनु भनेको पक्कै नै मुलुकमा बेरोजगारी समस्या बढेको देखिन्छ ।
वर्तमान अवस्थामा सिंगो मुलुक निर्वाचनमय तथा राजनीतिक वातावरण नेपालकै इतिहासमा चरम बिन्दुमा रहेको बेलामा म्यादी प्रहरीमा यत्रो ठूलो संख्यामा युवाहरुको आवेदन पर्न आउनु रोजगारीको अगाडी कुनै द्वन्द्वले नछेक्ने प्रमाणित भएको छ ।
यसअघि सम्पन्न स्थानिय तह निर्वाचनका लागि पनि सप्तरीमा २ हजार २ सय ९९ का लागि झण्डै साढे नौं हजारको म्यादी प्रहरीमा आवेदन परेको थियो ।
म्यादी प्रहरी भर्नाको आवेदन दिन १८ वर्षदेखी ५४ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सप्तरीमा २ हजार पाँच सय बढी संख्यामा म्यादी प्रहरी खटाइउन सकिने प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ