News Category 2074/07/01
लागु औषध, हतियार तथा मानव तस्करीमा पक्राउ परेका ३८ जनालाई कारवाही
दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न समयमा लागु औषध, हतियार तथा मानव तस्करीको आरोपमा पक्राउ गरेको ३८ जना व्यक्तिलाई कारवाही गरेको छ ।
अबैध लागु औषध नाईट्रोसन ट्याबलेट थान ३२८, नाईट्राभेट ट्याबलेट थान २१२, कोरेक्स थान ४, फेनारगरन एम्पुल थान ११३, लुपीजेसिक एम्पुल थान ८८, डाईजिल्याब एम्पुल थान ९४, स्पास्मो प्रोसिभन ट्याबलेट थान २८ र गाँजा ८ के.जी ७०० ग्रामसहित फेला परेका २४ जना मानिसहरुलाई पक्राउ गरी आवश्यक कार्बाही गरेको प्रहरीले जनाएको छ ।
यस्तै गत असोज २६ गते बिहीबार सप्तरीको तिलाठि कोईलाडी गाउपालिका वडा न.४ स्थितमा हतियारसहित पक्राउ परेका सकरपुरा निवासी मुकेश मुखिया, उपेन्द्र मुखिया, ईश्वरी मुखियालाई कार्वाही गरेको जनाएको छ ।
त्यस्तै असोज १८ गते राजबिराज नगरपालिका वडा न. १३ बस्ने बर्ष ५४ वर्षिये लक्ष्मण यादवको साथबाट कटुवा पेस्तोल, गोली एक राउण्ड फेला परेकामा आवश्यक कार्वाही अगाडी बढाएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिनुभएको छ ।
यस्तै प्रहरीले भदौं २९ गते जिल्लाको पिप्रापश्चिम ३ हाल सुरुङगा नगरपालिका वडा न. १ मा राजबिराज नगरपालिका ९ घर भई हाल जिल्ला सुनसरी भान्टाबारी ६ बस्ने २४ वर्षिय नबिन कुमार देवसमेतलाई मानव तस्करीको आरोपमा कारवाही अगाडी बढाएको जनाएको छ ।
रुपनी गाउँपालिका ६ बस्ने ३५ बर्षिय एक युवतीलाई ललाई फकाई बेच्ने उद्देश्यले जबरजस्तिकरणी समेत गरेका देवलाई पक्राउ गरी आवश्यक कार्वाही अगाडी बढाएको जनाएको छ ।
यस्तै प्रहरीले सोही अभियोगमा पक्राउ परेको अन्य ९ जनासमेतलाई कारवाही अगाडी बढाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ