News Category 2074/07/01
ग्लोबलद्वारा सुविधायुक्त एम्बुलेन्स सेवा संचालन
दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
ग्लोबल बहुमुखी संस्था लिमिटेड राजविराजले मंगलवारदेखि सर्वसुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
संस्था परिसरमा मंगलबार आयोजित कार्यव्रmममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय र राजविराज नगरपालिकाकी उपमेयर साधना झाले संयुक्त रुपमा रिवन काटेर सो सेवाको उद्घाटन गर्नुभयो ।
सात सिट र अत्याधुनिक तथा सर्वसुविधायुक्त उक्त एम्बुलेन्समा विरामी बेड, स्ट्रेचर, अक्सिजन सिलिण्डर, कुरुवा सिटर, आकस्मिक उपचार उपकरण लगायतका सेवा उपलब्ध रहेको संस्थाले जनाएको छ ।
संस्थाका संस्थापक अध्यक्ष सुखराम यादवले जिल्ला मै उक्त सेवा उपलब्ध भएको पहिलो एम्बुलेन्स भएको दाबी समेत गर्नुभयो ।
सोही अवसरमा प्रजिअ पाण्डेयले सामाजिक गतिविधीमा व्रिmयाशील ग्लोबलले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालन गरेर सेवा भावको उच्चतम नमूना पेश गरेको बताउनुभयो ।
यस्तै राजविराज नगरपालिकाका उपमेयर साधना झाले ग्लोबलले मानवीय सेवाका लागि गरिरहेको कार्य प्रशंसनीय रहेको चर्चा गर्दै संस्थाको सामाजिक गतिविधीमा उर्जा थप्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन ।
ग्लोबलका संस्थापक अध्यक्ष सुखराम यादवले नाफामूलक भन्दा पनि सेवामूलक कामलाई बढी प्राथमिकता दिएकै कारण २५ जनाबाट शुरु भएको संस्थामा ४० हजार जोडिएको बताउनुभयो । उहाँले यस अघि भारतीय राजदुतावासको सहयोगमा प्राप्त एम्बुलेन्स पुरानो भईसकेकाले त्यसलाई मर्मत गरी शववाहनको रुपमा प्रयोग गरिने र नगरवासीका लागि शववाहन सेवा निःशुल्क हुने घोषणा पनि गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्याम सुन्दर यादव, संस्थाका परियोजना प्रमुख उमेश प्रसाद यादव, जनस्वास्थ्यका अधिकृत छेदी यादव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ