News Category 2074/07/02
राजपाका महासचिव झालगायत पार्टीप्रति असन्तुष्टि जनाउँदै धर्नामा
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झा लगायत अन्य नेताहरु मधेश आन्दोलनको भावना विपरित पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै रिले अनसन सुरु गरेका छन् ।
बुधवारबाट शुरु भएको रिले अनसनमा राजपा महासचिव केशव झा, केन्द्रीय सदस्यहरु वीपी यादव,दिपक कुमार झा, दिपेन्द्र अग्रवाल,नागेन्द्र झा, युवा संगठनका अध्यक्ष रोशन सिंह राणा,महासचिव गायत्री कुमारी,उपाध्यक्ष मुकेश कर्ण, पेशल ढकाल लगायत छन् ।
उनीहरुले विभेदकारी समानुपातिक सूची सच्याउन माग गर्दै धर्ना सुरु गरेको बताएका छन् । धर्नामा बसेकाहरुले समानुपातिक सूचीमा पार्टीको बरियता अनुसार नाम राख्नुपर्ने र यसअघि पटक पटक लाभको पद लिएकाहरुलाई समानुपातिकमा राख्न नहुने माग राखेका छन् ।
नामै नसुनिएका र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई समानुपातिकमा राखिएको भन्दै तत्काल उनीहरुको नाम हटाउन उनीहरुले माग गरेका छन् ।
मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका महिलालाई पाखा लगाएर नेताका श्रीमती,प्रेमिका र नातेदारहरुलाई समानुपातिक सूचीमा राखिएको आरोप असन्तुष्ट महिला नेताहरुले लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ