News Category 2074/07/02
राजपाका महासचिव झालगायत पार्टीप्रति असन्तुष्टि जनाउँदै धर्नामा
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झा लगायत अन्य नेताहरु मधेश आन्दोलनको भावना विपरित पार्टी नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूचीमा जात र पैसाका आधारमा नाम समावेश गरेको भन्दै रिले अनसन सुरु गरेका छन् ।
बुधवारबाट शुरु भएको रिले अनसनमा राजपा महासचिव केशव झा, केन्द्रीय सदस्यहरु वीपी यादव,दिपक कुमार झा, दिपेन्द्र अग्रवाल,नागेन्द्र झा, युवा संगठनका अध्यक्ष रोशन सिंह राणा,महासचिव गायत्री कुमारी,उपाध्यक्ष मुकेश कर्ण, पेशल ढकाल लगायत छन् ।
उनीहरुले विभेदकारी समानुपातिक सूची सच्याउन माग गर्दै धर्ना सुरु गरेको बताएका छन् । धर्नामा बसेकाहरुले समानुपातिक सूचीमा पार्टीको बरियता अनुसार नाम राख्नुपर्ने र यसअघि पटक पटक लाभको पद लिएकाहरुलाई समानुपातिकमा राख्न नहुने माग राखेका छन् ।
नामै नसुनिएका र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिहरुलाई समानुपातिकमा राखिएको भन्दै तत्काल उनीहरुको नाम हटाउन उनीहरुले माग गरेका छन् ।
मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका महिलालाई पाखा लगाएर नेताका श्रीमती,प्रेमिका र नातेदारहरुलाई समानुपातिक सूचीमा राखिएको आरोप असन्तुष्ट महिला नेताहरुले लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ